scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 16, 2013

सेना गएपछि दुःखी छन् लमजुङ-मनाङवासी

छविलाल बगाले
बेसीशहर साउन १ गते ।
ँ२०५७ साल बैशाख १ गतेदेखि औपचारिक रुपमा बेशिसहर(चामे सडक निर्माणको काम शुरु गरेर ११ बर्षछि काठमाण्डौंस्थित आफ्नै युनिटमा र्फकदा जति नेपाली सेनाको कार्यदल गणका अधिकृत तथा जवानहरुलाई नरमाइलो लाग्यो, त्यो भन्दा पनि बढी हाम्रो मन दुखेको छ ।’ यसरी दुःख मनाउ गर्ने ब्यक्ति हुनुहुन्छ मनाङका आश बहादुर गुरुङ ।
बेसीसहर(चामे सडक निर्माणमा खटिएको नेपाली सेना कार्य सम्पादन गरि र्फकदा मनाङ र लमजुङका स्थानीय बासिन्दाले यस्तै भनेका छन् । मन भारी बनाएर उनीरुले सेनाको विदाई गरे । ११ बर्षम्म लमजुङ र मनाङका बासिन्दासंग संगत गरेका सेनाहरुले स्थानीय बासीन्दासंग हातेमालो गर्दै सडक निर्माणमा काम गरेका सम्झनुहुन्छ मनाङका अर्का स्थानीय मिङमार  घले ।
११ बर्षो अथक प्रयासपछि हिमालपारीको जिल्ला मनाङमा सडक साथसाथै मोटर पुर्‍याएर झण्डै १ बर्षम्म सडकको स्तरोन्नतिको कार्य गरि कार्यगणमा कार्यरत सैनिकहरु आ-आफ्नो युनिटमा फर्किसकेका छन् । नेपाली सेनाको वेसीशहर-चामे सडक निर्माण कार्यगण, सरकारले तोकेको सडक निर्माणका सबै काम सकेर आ-आफ्नो युनिटमा र्फके पछि नेपाली सेनाले हातेमालो गरी काम गरेको क्षेत्रका स्थानीयहरु बढी खिन्न छन् ।
नेपाली सेनाको विदाई गर्न मनाङबाट गाडी चढेर लमजुङ आइपुगेका आमा समुह, स्थानीय बासीन्दा तथा लमजुङका आमा समुहहरुले सो कार्यगणका प्रमुख मेजर इन्दिबर गुरुङलाई धन्यवाद मात्रै दिएनन् बेलाबेलामा लमजुङ आइरहन समेत आग्रह गरे । उनीहरुले नेपालका राजनैतिक दलका नेताहरुसंग विकासको पाठ सिक्न अनुराध समेत गरे ।
कार्यगणले आफू बस्दै आएको बेसीशहरको दनाई फा“टस्थित जग्गा क्षतिपर्ूर्तिसहित सम्बन्धित किसानलाई हस्तारण समेत गरिसकेको छ । सेनाले आफू बसेको स्थानीयको जग्गालाई सम्याएर एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको थियो । कार्यगणले वेसीशहरदेखि चामे जोड्ने सडकको निर्माण शुरु गरेलगत्तै कतिपय ठाउ“मा स्थानीयले विरोध जनाएर अबरुद्ध गरे । कहिले बजेटको अभावले सडकको कामप्रभावित भयो, त कहिले प्रतिकुल मौसमका कारण समयमा काम हुन सकेन । तर अनेक बाधा अडचनलाई पार गर्दै नेपाली सेनाले १९ बर्षघि देखिको मनाङबासीको मोटर चढ्ने सपना पुरा गरेर फर्किएको छ ।
सरकारले तोके अनुरुप नेपाली सेनाले ६५ किलोमीटरको वेसीशहर-चामे सडकको निर्माणकार्य सकेको छ । नेपाली सेनाको वेसीशहर-चामे सडक निर्माण कार्यगणले निर्माण गरेको वेसीशहर-चामे सडक, सडक विभागलाई हस्तान्तरण गरेसंगै नेपाली सेनाको सडक निर्माण कार्यगण आफ्नो युनिटमा र्फकने बाटो खुलेको हो । सडक निर्माण कार्यगणले ११ वर्षो अवधिमा लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमीटर सडकको ट्रयाक खोल्ने काम सकेर सडकको स्तरोन्नति समेत गरेको छ । विगतमा कछुवा गतिमा भईरहेको सडकको निर्माणकार्य पछिल्लो २ बर्षता तीब्र रुपमा भएको हो । लमजुङतर्फ३५ र मनाङतर्फ३० किलोमीटर दुरी रहेको सो सडकको उद्घाटन गत मंसिर ७ गते नेपाली सेनाका प्रधान सेनापति महारथी गौरब शम्शेर जबराले उद्घाटन गर्नुभएको थियो । सरकारले ४ बर्षेखि हरेक आर्थिक बर्षा मनाङ सदरमुकाम चामेलाई सडकमार्गले जोड्ने घोषणा गर्दै आएपनि नेपाली सेनाको ११ बर्षो अथक प्रयासपछि मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको हो ।
१९ बर्षअघि २०५१ सालमा सडक विभागले शुरु गरेको यो सडक २०५७ सालबाट नेपाली सेनाले निर्माण गर्दे आएको छ । लमजुङ र मनाङ जोड्ने सिमानामा निकै ठूला र कहाली लाग्दा ठूला चट्टान र पहाडहरु रहेकोले सडक निर्माण हुन लामो समय लागेको कार्यदल गणले जनाएको छ । सडक विभागले १७ बर्षअघि गरेको प्रारम्भिक र्सर्भेमा मनाङसम्म सडक जोड्न १ अर्ब ३७ करोड लाग्ने अनुमान गरिएपनि सेनाले झण्डै ७६ करोडमा मनाङसम्म मोटर पुर्‍याएको दावी गरेको छ ।

No comments:

Post a Comment