scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 16, 2013

आदिकवि भानुभक्तको दोस्रो सतबाषिर्कीमा विविध कार्यक्रम

बेसीशहर,
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दोस्रो सतबाषिर्कीका अवसरमा लमजुङमा पनि विविध कार्यक्रम आयोजना भएका छन् ।
विसं १८७१ साल असार २९ गते तनहूको चुंदी रम्घामा जन्मेका आचार्यको दोस्रेा शतवाषिर्कीको अवसरमा लमजुङमा हिमालचुली कला साहित्य प्रतिष्ठान, र भानु द्विशत वाषिर्क समन्वय समिति, पिंगल छन्द प्रतिष्ठान, चिती साहित्य समाज लगायतका साहित्यीक संघ संस्थाले कार्यक्रमको आयोजना गरेका हुन् ।
भानु जयन्तीको अवसरमा शनिबार बेसीशहरमा हिमालचुली कला साहित्य प्रतिष्ठान र भानु द्विशतबाषिर्की समन्वय समितिको संयुक्त आयोजनामा बेसीशहरमा नगर संकर्ीतन सहित भानुभक्तीय रामयण पाठ र भानुभक्तको जीवनी, कृतिबारे छलफल र अन्तरक्रिया गरियो । बेसीशहरको मनांगे चौतारादेखि भानुभक्तीय रामायण बाचन गर्दै निस्किएको साहित्यिक जुलुस शेराबजारमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागी साहित्यकारहरुले भानुभक्तको स्मरणमा लेखिएका कविता बाचन गर्नुका साथै आदिकविले नेपाली साहित्य भण्डार र नेपाली भाषालाई पुर्‍याएको अतुलनीय योगदानबारे छलफल गरिएको थियो ।
कार्यक्रममा वेनु सुयल, रमेश लामिछाने, पशुपतिनाथ न्यौपाने, बसन्त अधिकारी, चन्द्रा गुरुङ, कमला केसी लगायतले कविता वाचन गर्दै भानुभक्त र उहा“का कृतिबारे चर्चा गर्नुभएको थियो । हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङका कार्यबाहक अध्यक्ष बेनबहादुर सुयल बिनुको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पशुपतिनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको    थियो ।
भानु जयन्तर्ीर्कै अवसर पारेर पिंगल छन्द प्रतिष्ठान नेपालको आयोजनामा बेसीशहरमा कविता बाचन कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानको गाउ“शहर-बेसीशहर नगर मञ्चका अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम लगायत राजनितिक दलका प्रतिनिधी एवं साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ता तथा श्रष्टाहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको कदर कदर गरेका   थिए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी, नेकपा-माओवादी लमजुङका सेक्रेटरी अविरल न्यौपाने, पिंगल  छन्द प्रतिष्ठान नेपालका अध्यक्ष श्रीकृष्ण न्यौपाने,  हिमालचुली कलासाहित्य प्रतिष्ठानका कार्यबहाक अध्यक्ष वेनबहादुर सुयेल, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण केसी, साहित्यकार लाटा न्यौपाने, बासु थापा, कमला केसी, रमेश लामिछाने लगायतले भानुभक्तका जीवनीबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य श्यामविक्रम न्यौपानेले भानुभक्तको ब्यक्तित्व र साहित्यकार अर्जुन घिमिरेले भानुभक्तका कृतिका बारेमा प्रकास पार्नुभयो ।
यसैगरि चितीमा पनि भानुभक्तको दोस्रो शतबाषिर्की मनाइएको छ । चितीको वडा नंं ६ टुनीबोटेमा आयोजना गरिएको कार्यक्रममा चिती र वरपरका साहित्यकारहरुले रचना बाचन गरेका थिए ।

No comments:

Post a Comment