scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 30, 2013

इलाका प्रहरी कार्यालय भोर्लेटारको भवन निर्माणको काम सम्पन्न

भोर्लेटार, साउन ८ गते
द्वन्द्धका क्रममा तत्कालीन माओवादी व्रि्रोहीद्वारा ध्वस्त बनाइएकोर्
इलाका प्रहरी कार्यालय भोर्लेटारको भवन निर्माणको काम सम्पन्न भएको छ ।
शान्ति तथा पुननिर्माण मन्त्रालयमार्फ १ करोड ८ लाख ४६ हजार ८ सय ८४ रुपैया“ १३ पैसाको लागतमा निर्माण भएको सो भवन साढे दर्ुइ तलाको छ । सो भवनमा २५ वटा कोठा छन् । भवनमा सेवाग्राही महिला तथा पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कोठा र शौचालय बनाइएको छ । १ रोपनी ५ आना १ पैसा २ दाम क्षेत्रफल जग्गामा बनेको सो भवनको शुक्रबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाले प्रहरीले आफै सुधारिएर गुण्डागर्दी र तस्करी नियन्त्रण, निष्पक्ष र तटस्थ भई जनतासंग सहकार्य गरी काम गर्नुपर्ने बताउनुभयो ।
२०६९ जेठ १७ गते अञ्चल प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक रामेन्द्रसिंह देउजाले भवनको शिलन्यास गर्नुभएको सो भवन गत असार ३० गते सम्पन्न भएको बताइएको छ ।
नवनिर्मित इलाका प्रहरी कार्यालय भवन ३३ जना जनशक्ति सजिलैस“ग रहने सक्ने बनाइएको छ ।  कार्यालय सञ्चालन गर्न आवश्यक कोठाहरु, महिलाको लागि छुटै व्यारेक सहित, एटेच बाथरुम, चेन्जिङ रुम अधिकृत तथा जवानहरुको लागि छुट्टाछुट्टै भान्साघर पनि निर्माण गरिएको छ । सेवाग्राहीको लागि छुट्टाछुट्टै महिला र पुरुष शौचालय साथै महिला र पुरुष थुनुवा कक्ष छुट्टाछुट्टै र एटेच बाथरुम समेत छन् ।
भवन उद्घाटन कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएपी गोरखसिंह भण्डारी, नेकपा एमले लमजुङका अध्यक्ष धनञ्जय दवाडी, नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरे,  एमाओवादीका जिल्ला सदस्य श्रीभद्र रेग्मी, नेकपा माओवादीका नवराज घिमिरे, राप्रपाका जिल्ला सदस्य चतर्ुर्भुज घिमिरे, लमजुङ उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, भवन निर्माण समितिका सदस्य गजेन्द्रराज घिमिरे लगायतका वक्ताहरुले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पशुपत्रि्रसाद गणका गणपति डिकबहादुर थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रामचन्द्र दानीको पनि उपस्थिति थियो ।

No comments:

Post a Comment