मोहनहरि पौडेल, लमजुङको राजनीतिमा परिचित नाम हो । वि.स. २०२५ असार १० गते लमजुङको भोर्लेटार गाउ“ विकास समिति वडा नंं ५ मा बुबा विष्णुहरि पौडेल र आमा अन्नपर्ूण्ा पौडेलका सुपुत्रको रुपमा उहा“को जन्म भएको हो । तत्कालीनर् इशानेश्वर प्रमोद मावि भोर्लेटारबाट विद्यालय शिक्षा पुरा गरी पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक गर्नुभएका पौडेल विद्यार्थी जीवनबाटै राजनीतिमा लाग्नु भएको हो । तत्कालीन अ.ने.रा.स्व.वि.यू.बाट राजनीति थाल्नुभएका पौडेल २०४७ सालदेखि तत्कालीन नेकपा मशालमा आवद्ध हुनुभयो । नेकपा मशाल, एकता केन्द्र हुदै नेकपा -माओवादी)मा क्रियाशील हुनुभएका पौडेल २०५२ साल कार्तिकबाट पर्ूण्ाकालीन कार्यकर्ता हुदै भूमिगत राजनीतिमा सरिक हुनुभयो । २०५७ असारदेखि २०६० बैशाखसम्म लमजुङ कारागार र केन्द्रीय कारागार भद्रगोलमा जेल जीवन ब्यतित गर्नुभएका पौडेल जलबाट छुटेपछि पार्टर्ीीे जिल्ला सेक्रेटरी हुनुभयो । त्यसपछि ०६१ मा राप्ती सरुवा हुनुभयो र ०६३ सालमा भारत प्रवासमा रहनुभयो । संविधानसभा निर्वाचन २०६४ का क्रममा पुनः जिल्ला फर्किनुभएका पौडेल त्यसपछि एकीकृत नेकपा माओवादीको जिल्ला सेक्रेटरी र सह-इन्चार्ज रुपमा काम गर्नुभयो । एकीकृत नेकपा माओवादीबाट व्रि्रोह गरी पार्टर्ीीर्ुनर्गठन भएपछि उहा“ नेकपा-माओवादीको जिल्लार् इन्चार्ज र वैकल्पिक केन्द्रीय सदस्यको रुपमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ उहा“संग प्रधान सम्पादक मिलन शर्मा दनाईले गर्नुभएको कुराकानीको सार संक्षेप ।
लमजुङ आवाज ः अरु राजनीतिक दलहरु संविधानसभाको निर्वाचनको तयारीमा जुटिरहेका बेला तपाइ“को पार्टर्ीीान्दोलनमा छ । अहिले आन्दोलनको आवश्यकता किन पर्यो - प्रष्ट पारिदिनुहोस् न ।
पौडेल ः नेपाली जनताले बहुदलीय ब्यवस्थाको लागि प्रजातन्त्रको लागि धेरै बर्षसंर्घष्ा गरेको इतिहास तपाइ“ हामीले अध्ययन गरेकै छौं । धेरै अगाडि नगइ २००७ सालको वरिपरिबाट हर्ेर्ने हो भने पनि यस आन्दोलनका लागि धेरै संर्घष्ा र बलिदानीहरु भएका छन् । जनताको निरन्तर संर्घष्ाले गर्दा माओवादी जनयुद्ध र १९ दिने आन्दोलनको बलले नेपालमा राजतन्त्रको अन्त्य गर्यो र संविधानसभाको चुनावको ग्यारेन्टी गर्यो । तथापि निर्वाचनमार्फ गठित संविधानसभाले पाएको म्याण्डेट र थप २ बर्षो अवधिले पनि नेपाली जनताले चाहे अनुसार संविधान जारी गर्न सकेन । ठूला भनिएका राजनीतिक पार्टर्ीी शर्ीष्ा नेताहरु असफल सिद्ध भए । घुमीफिरी रुम्जाटार भनेझैं देशमा पुनः निर्दलीय ब्यवस्थाको अभ्यास गरियो । अन्तरिम संविधानले कल्पनै नगरेको संविधानसभाको दोस्रो निर्वाचन, निर्दलीय सरकारले गर्ने कुरा र यसका लागि ठूलो बलिदानबाट निर्मित अन्तरिम संविधानका सारपक्ष मृत बनाउन गरिएको २५ बु“दे संविधान संशोधन र ११ बु“दे सहमतिले नेपालको राजनीतिक संकटलाई झन् बढाएको छ । अब हुने भनिएको संविधान सभाले संविधान जारी गर्ने कुरा, उक्त संविधान प्रजातन्त्र र राष्ट्रियताको पक्षमा हुने कुरामा धेरै शंका छ । विधि, पद्धति, प्रणाली, नियत, ब्यवहार सबैका हिसाबले यो राजनीतिक अभ्यास देश र जनताको पक्षमा देखिदैन । तर्सथ राजनीतिक पार्टर्ीीकोबीचमा सहमति गरेर पार्टर्ीीकै संलग्नतामा सरकार गठन गरी उक्त सरकारले संविधानसभाको निर्वाचन गर्नुपर्छ भन्ने हाम्रो धारणा र माग रहेको छ । हामीले संविधानसभा निर्वाचनको विरोध गरेको होइन, माथि उल्लेख गरिए अनुसार नै राष्ट्र र जनताको पक्षमा परिणाम नआउने स्पष्ट राजनीतिक दृष्य देखेका कारण हामीले विकल्प सहित आफ्ना धारणाहरु र्सार्वजनिक गरेका हौं ।
तपाई“ले भन्नु भएको विकल्प, गोलमेच सम्मेलन नै हो -
पौडेलः हो । नेपाली जनताले प्रजातन्त्र र बहुदलीयताको लागि धेरै बलिदान गरेको सर्न्दर्भमा हाल आएर निर्दलीय सरकार गठन गर्नु नेपाली जनतामाथि चर्को ब्यंग्य, अपमान र उपहास हो । तर्सथ पार्टर्ीी सरोकारवाला राजनीतिक तथा सामाजिक संस्थाहरुका बीचमा सभा, वैठक वा सम्मेलन जे नाम दिनुुस् गरेर राजनीतिक पार्टर्ीीकै सरकार निर्माण गर्नुपर्ने र त्यसले नै देशमा गर्नुपर्ने राजनीतिक कार्यहरु गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
लमजुङ आवाज ः दलीय सरकार गठन गर्न दलहरुबीच सहमति नै नबनेपछि अहिलेको सरकार बनेको होइन र -
पौडेल ः हो । मैले माथि नै भनिसकें, दलका नेताहरु असफल सिद्ध भइसके । यतिमात्र होइन, उनीहरुले देश र जनताको भविष्यमाथि खेलवाड गरिरहेका छन् । कम्तीमा पनि उनीहरुका बीचमा राजनीतिक संस्कार हुनुपर्ने हो । त्यो पनि रहेनछ । त्यस्तो संस्कारले हाम्रो नेपाली राजनीतिलाई कसरी अघि बढाउन सक्ला - गम्भीर प्रश्न जन्मिएको छ । यस्ता असक्षम नेताहरुबाट देश कसरी चल्न सक्ला - यदि पुनः संविधानसभाको निर्वाचन भयो भने पनि कसरी संविधान जारी हुन सक्ला - नेपाली जनताको बीचमा चिन्ता र चासोको विषय बनेको छ । यदि प्रजातन्त्र र बहुदलीय प्रणालीलाई मात्र पनि सुरक्षित राख्ने हो भने दलहरुका बीचमा सहमति बाहेक अरु कुनै विकल्प छैन ।
लमजुङ आवाज ः संविधानसभाको निर्वाचन लगायत समसामयिक विषयमा केन्द्रीत रही भर्खरै तपाइ“को पार्टर्ीीे केन्द्रीय कमिटीको वैठक पोखरामा सकिएको छ । त्यहा“ के कस्ता निर्ण्र्ााभए - बताइदिनुस् न ।
पौडेल ः पोखरामा सम्पन्न केन्द्रीय कमिटीको वैठक मुख्यतः संविधानसभाको निर्वाचन र जनजीविकासंग सम्बन्धित विषयमा केन्द्रीत रह्यो । माथि भनिएझैं पार्टर्ीीको बीचमा सम्मेलन, सम्मेलनबाट पार्टर्ीीको सहमतिमा पार्टर्ीीकै सरकार र सो सरकारले अर्को मितिमा संविधानसभाको निर्वाचन गर्नुपर्ने, त्यसो नगरी चार दलीय सिण्डिकेटको आधारमा जबर्जस्ती मंसिर ४ गते निर्वाचन गर्न खोजे हाम्रो पार्टर्ीीे नेतृत्वमा गठित ३३ दलीय गठबन्धनले संविधानसभाको निर्वाचन बहिष्कार गर्ने, बहिष्कारमा राज्यका तर्फाट दमन,बल प्रयोग भएमा प्रतिवाद गर्ने निर्ण्र्ााएकमतले भयो । त्यसरी नै सामाजिक असुरक्षा, महंगी, भ्रष्टाचार, ढिलासुस्ती लगायतका जनसरोकारका विषयमा पनि छलफल भयो । यस्ता जनविरोधी क्रियाकलापका विरुद्धमा पनि सचेततापर्ूवक भण्डाफोर गर्ने, जनतालाई सु-सूचित गर्ने र अपराधीहरुलाई कारबाही गर्न सरकारलाई कडा दवाव दिने निर्ण्र्ाागरियो ।
लमजुङ आवाज ः जनव्रि्रोहको विषयमा पनि निकै छलफल भयो भनिन्छ नि -
पौडेलः हो । माथि भनिएझैं जनताको चाहना र आकांक्षा विपरित चारदलीय गठबन्धन र निर्दलीय सरकारले जनताका विरुद्धमा हुने राजनीतिक तथा फौजी ढंगले कुनै पनि गतिविधि गरेमा त्यसको प्रतिवाद गर्ने सम्पर्ूण्ा अधिकार जनतामा सुरक्षित छ भन्ने विषयमा पनि पार्टर्ीीपष्ट छ । त्यसैलाई तपाइ“ प्रजातान्त्रिक संर्घष्ा पनि भन्न सक्नुहुन्छ, जनव्रि्रोहा पनि भन्न सक्नुहुन्छ । जो हिजो हामीले ०३६ साल, ०४६ साल र ०६३ सालमा गर्यौं, देख्यौं, भोग्यौं ।
लमजुङ आवाज ः अहिले निर्वाचनका लागि तपाइ“को पार्टर्ीीध्यक्षलाई मनाउन चार दल र सरकारबाट विभिन्न प्रयास भएको सुनिन्छ नि -
पौडेल ः हामीले आगामी दिनको राजनीतिको बारेमा सुस्पष्ट धारणा राखेकै छौं । मुख्यतः चार दल र सरकार दृष्टिकोण बिहीन, कुहिराको काग जस्तो भएको छ । हाम्रो पार्टर्ीी अध्यक्षलाई मनाउने होइन कि आफूहरु स्पष्ट हुनु जरुरी छ । सरकार र चार दलका तर्फाट वार्ताका लागि आह्वान गरिएका बाह्य प्रचारहरु निकै भएका छन् तर आन्तरिक र वास्तविक रुपमा सम्बेदनशीलता नभएको देखिन्छ । हामीले भनेजस्तै राष्ट्रले निकास पाउने शर्तमा हामी वार्ता र सम्वाद गर्न तयारै छौं । जसका लागि अध्यक्षको नेतृत्वमा गठन पनि गरिसकिएको छ ।
लमजुङ आवाज ः त्यसो भए अहिलेकै अवस्थामा मंसिर ४ मा निर्वाचन हुदैन होइन त -
पौडेल ः हो, कुनै पनि हिसाबले मंसिर ४ गते निर्वाचन सम्भव छैन । चुनवामा जाने भनिएका मुख्यतः चार पार्टर्ीीान्तरिक रुपले पनि चुनवाका लागि तयार छैनन् । आन्तरिक मतभेद र विवादमा पार्टर्ीी नराम्रोसंग दलदलमा फसेका छन् । पद,प्रतिष्ठा र पैसामा उनीहरुको बार्गेनिङ चलिरहेको छ एकातिर भने अर्कोतिर राष्ट्रिय सहमतिका लागि यो सरकार र यसले गर्ने भोलिको संविधानसभाको निर्वाचनको मिति बाधक छ ।
लमजुङ आवाज ः निर्वाचनका लागि तपाइ“को पार्टर्ीीै तयार नभएकाले विरोध गरेको अरुस दलको आरोप छ नि -
पौडेल ः हो त । यथास्थितिमा हामी संविधानसभाको निर्वाचनको पक्षमा छैनौं । माथि भनिएझैं पार्टर्ीीको सरकार र त्यसले घोषणा गर्ने अर्को मितिमा संविधानसभाको निर्वाचन गरौं भनिरहेका त छौं । मैले माथि नै भनिसकें संविधान सभाको निर्वाचनको विपक्षमा नभै यथास्थितिको निर्वाचनको विपक्षमा छौं, यो कुरा सत्य हो । किनकी यो सरकारले पहिलो कुरा निर्वाचन नै गर्न सक्दैन, दोस्रो कुरा तोकिएको समयमा संविधान जारी गर्न सक्दैन, तेस्रो कुरा संविधान जारी गरे पनि देश र जनताको पक्षमा हुदैन भन्ने कुरा अहिले नै स्पष्ट भइसकेको छ । किनकी यो सरकार नेपाली राजनीति र नेपाली जनताले निर्माण गरेको होइन ।
लमजुङ आवाजः तपाइ“को आशय भारतले डिजाइन गर्यो भन्ने हो -
पौडेल ः हो, आशय होइन, प्रमाणै छ नि । सबै नेपाली जनताले बुझिसकेका छन्, मैले भनिरहनै पर्दैन ।
लमजुङ आवाजः त्यसो भए अहिलेको सरकारको परिकल्पनाकार प्रचण्ड पनि भारतबाट निर्देशित हुन् -
पौडेल ः उनको बारेमा पनि धेरै शब्द खचिरहनु पर्ने देखिदैन । पहिले उनले के भने र अहिले के गरिरहेका छन् त्यो पनि खुलै छ । र भारतीका एस डि मुनीले प्रचण्डबारे लेखेको पुस्तक नै पर्याप्त हुन्छ ।
लमजुङ आवाजः अलिकति प्रसंग बदलौं, अहिले एमाओवादी भित्र देखिएको विवादलाई कसरी हर्ेर्नुहुन्छ -
पौडेल ः पहिलो कुरा यो दक्षिण निर्देशित देखिन्छ । भित्री कुरा पद, प्रतिष्ठा र पैसाकै हो । अब जनताको लागि गर्नुपर्ने केही नीति कार्यक्रम नै छैन । प्रचण्डलाई कमजोर पार्ने र सत्ताको नेतृत्व आफूलाई सुनिश्चित गर्ने बाबुरामको गुरुयोजनाको अर्को स्टेप हो । जो चुनवाङ वैठकदेखि सफल हुदै आएको छ ।
लमजुङ आवाजः हिजो एमाओवादीभित्र बाबुरामलाई कमजोर मानिन्थ्यो, तपाइ“हरु बाहिरिएपछि उनी बलिया भएका हुन् -
पौैडेल ः हो, हिजो हामी संगै हुदा हामीले प्रचण्डलाई का“धमा धेरै बोकेर हडि्यौ । यसको समीक्षा भइरहेको छ । त्यतिबेला बाबुराम कमजोर नै थिए । हुन त यतिबेला पनि सांगठानिक हिसाबले उनी कमजोर नै छन् । तर पार्टर्ीीत्र वैचारिक हिसाबले चुनवाङ वैठकदेखि नै उनी बलिया देखिएका छन् । पार्टर्ीीई दक्षिणपन्थी संशोधनवादी भासमा लग्नुमा उनैको महत्वपर्ूण्ा भूमिका छ । त्यो बुझेर हामीले पार्टर्ीीट व्रि्रोह गरी पार्टर्ीीर्ुनर्गठन गर्यौं । प्रचण्ड बाबुरामको शिकार हुदै गएका छन् । उनी बल्छीमा परेको माछो जस्तै भएका छन् ।
लमजुङ आवाजः भनेपछि पार्टर्ीीmुट्नुको पछाडिको कारण पनि बाबुराम हुन् -
पौडेलः लाइन संर्घष्ाका हिसाबले बाबुराम हुन् । पार्टर्ीीेतृत्वका हिसाबले प्रचण्ड हुन् । यी दुवै पार्टर्ीीई विघटन र विर्सजनको दिसामा लैजाने पार्टर्ीीत्रका खलनायक हुन् ।
लमजुङ आवाजः पार्टर्ीीकीकरणका लागि पनि प्रचण्डबाट प्रस्ताव आएको भन्ने सुनिन्छ, सत्य के हो -
पौडेल ः खै बजार हल्ला यस्तै सुनिन्छ । पार्टर्ीीत्र यसले स्थान पाएको छैन । यो सम्भव पनि छैन । किनकी उहा“हरु र हाम्रो पार्टर्ीीे बीचमा दार्शनिक, सैद्धान्तिक,राजनैतिक, रणनीतिक र कार्यनीतिक हिसाबले धेरै दुरी छ । जसका आधारमा एकताको सम्भावना नै छैन र अहिले यो आवश्यक पनि होइन । पार्टर्ीीत्रो बनाउने होइन कि कस्तो बनाउने भन्ने कुरा प्रमुख हो । हामी पार्टर्ीीई क्रान्तिकारी बनाउन चाहन्छौं । विशाल र मृत होइन ।
लमजुङ आवाजः तपाइ“ले एकता हुनै नसक्ने कुरा गर्नुभयो, तर केही पार्टर्ीी नेताहरु त दर्ुइ माओवादीको फुटलाई नाटकको रुपमा प्रस्तुत गर्छन् नि -
पौडेल ः यो कुरा राजनीतिक क्षेत्रमा सामान्य पनि ज्ञान नभएका ब्यक्तिहरुले भन्ने कुरा हो । यदि नेताहरुले नै त्यसो भनेका छन् भने तिनीहरु राजनीतिक छैनन् ।
लमजुङ आवाज ः तपाइ“को पार्टर्ीी सचिव नेत्रविक्रम चन्दले पर्ूव राजासंग सहकार्य गर्न सकिने भनि दिनुभएको अभिब्यक्तिबारे यहा“को टिप्पणी के छ -
पौडेलः गणतन्त्रको स्थापना पछि नेपाल स्वाधीन गणतन्त्रात्मक मुलुक हुनेछ भन्नेमा सबै नेपालीहरुको विश्वास थियो । तर नारायणहिटी दरबारले गर्ने सबै कामहरु राजतन्त्रको अन्त्यपछि दिल्ली दरबारले गर्न थाल्यो । नेपाल स्वाधीन हुनुको बदला झन् पराधीन हुन थाल्यो । यतिबेला राष्ट्रियताको मुद्दा गम्भीर बनेको छ । विदेशी मुलुकहरु मुख्यतः भारतको खेलमैदान बनेको छ नेपाल । त्यसैले नेपाल राष्ट्रको स्वाधीनताको पक्षमा उभिने जो कोही राजनीतिक शक्ति र ब्यक्तिहरुसंग सहकार्य गर्न सकिने कुरामा कुनै शंका छैन । जहा“सम्म पर्ूवराजासंगको सहकार्यको प्रश्न छ, उनी पनि राष्ट्रियताको पक्षमा उभिन्छन् भने एउटा नेपाली नागरिकको हैसियतले उनको त्यो अधिकार सुरक्षित रहन्छ । उनीसंग सहकार्य गर्नुको अर्थ फेरि राजतन्त्रलाई स्थापना गर्ने भन्ने कदापि होइन ।
लमजुङ आवाज ः अहिले नेकपा-माओवादीको लमजुङमा कस्तो स्थिति छ -
पौडेल ः पहिलो कुरा तत्कालीन माओवादीको निर्माण, यसले लिएको रणनीति र कार्यनीति, जनयुद्धका सम्पर्ूण्ा एजेण्डाहरु हामी संगै हुदाको पार्टर्ीीनेकपा माओवादी, यसका सर्वोच्च नेताले परित्याग गरेर दक्षिणपन्थी संशोधनवादी बाटो पक्डेपछि ती सबै एजेण्डाहरुको स्वामित्व र दायित्व हामीले लिएका छौं । मैले माथि नै भनेझैं हामी सोही नीति अनुसारको क्याडरबेस क्रान्तिकारी पार्टर्ीीनर्माणको क्रममा छौं । यसका लागि उपयुक्त वातावरण छ । त्यसका आधारमा हाम्रो पार्टर्ीीे स्थिति मजबुत छ ।
लमजुङ आवाजः भोलिका दिनमा निर्वाचन भयो भने र तपाइ“को पार्टर्ीी पनि भाग लियो भने पार्टर्ीीे स्थान कहा“ हुन्छ -
पौडेल ः पहिलो कुरा यथास्थितिमा हामी चुनावमा भाग नै लिदैनौं, अर्को कुरा बदलिएको परिस्थितिमा यदि चुनाव भयो भने हाम्रो पार्टर्ीीर्वोच्च स्थानमा रहनेछ । किनकी नेपाली राजनीतिमा उठेका लैंगिक, सामाजिक, क्षेत्रीय, वर्गिय सबै किसिमका उत्पीडनका विरुद्ध आवाज उठाउने, संर्घष्ा गर्ने र जनतालाई यी एजेण्डाहरुमा संगठित गर्ने पार्टर्ीीेकपा-माओवादी मात्र हो ।
लमजुङ आवाजः अन्त्यमा केही भन्नु छ कि -
पौडेल ः आफ्नो विचार राख्न दिनुभएकोमा धन्यवाद । तपाइ“को यस माध्यममार्फ सम्पर्ूण्ा नेपाली जनता र मुख्यतः लमजुङे जनतालाई म स्वाधीन गणतन्त्रको रक्षाको लागि राष्ट्रिय स्वाधीनताको पक्षमा उभिनका लागि हार्दिक अनुरोध गर्दछु ।
No comments:
Post a Comment