scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 16, 2013

मतदाता नामावलीमा नाम भर्ने म्याद सकियो, लमजुङमा करीब ८७ हजारले भरे

बेसीशहर, साउन १ गते
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्न दिएको अन्त्िम म्याद सोमबार सकिएको छ । म्याद सकिने अन्तिम दिन सोमबार देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र्रर् इलाका प्रशासन कार्यालयमा मतदाता नामावलीमा नाम समावेश गराउन मतदाताहरुको भीड जम्मा भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय लमजुका अनुसार सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय लमजुङमा २ सय ८८ जना र जिल्ला निर्वाचन कार्यालय लमजुङमा १ सय ८५ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेका छन् । हालसम्म ८६ हजार ९ सय जनाले लमजुङमा मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख रणबहादुर खत्रीले बताउनुभयो । यद्यपी आगामी निर्वाचनमा लमजुङमा कति मतदाता हुने भन्ने कुरा भदौमा मात्र थाहा हुने कार्यालय प्रमुख खत्रीको भनाई छ । देशभर छरिएर रहेका नेपाली नागरिकले आफू बसेको ठाउ“बाटै मतदाता नामावलीमा नाम समावेश गर्न पाउने भएका कारण लमजुङ बाहिरबाट नाम दर्ता गराउने हरुको नामावली निर्वाचन आयोगमा पुगेपछि मात्र थाहा हुने बताइएको छ । देशभरबाट संकलन भएको नामावलीलाई आयोगले जिल्ला र क्षेत्रगत रुपमा छुट्याउने छ । त्यसपछि मात्र यकीन मतदाताको तथ्याङ्क आउने खत्रीले बताउनुभयो ।
लमजुङमा ०६४ सालको संविधानसभा निर्वाचनमा १ लाख  ५३ हजार ३ सय ३५ मतदाता थिए । निर्वाचनमा भने जम्मा  ८९ हजार ३ सय ९० मत खसेको
थियो । यस पटकको निर्वाचनमा भने विदेशमा रहेकाहरुले मतदान गर्न नपाउने भएका छन् । असार मसान्तभित्र नाम दर्ता गराएकाले मात्र मतदान गर्न पाउने ब्यवस्था छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यक्रम सकिएपछि साउन ८ गतेबाट १६ गतेसम्मको लागि त्रुटी सच्याउने, संशोधन गर्ने र मतदाता नामावली उपर दावी विरोध गर्नका लागि समय निर्धारण गरिएको छ । त्यसका लागि सम्बन्धित गाविसमा कर्मचारी खटाइने छ । कार्यालय प्रमुख खत्रीले त्यसपछि मात्र मतदाताहरुको यकीन विवरण आउने बताउनुभयो ।
निर्वाचन आयोगका अनुसार देशभरमा १ करोड २१ लाख वालिग नेपालीले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् । मतदाता नामावली संकलनको अन्तिम दिन सोमबारसम्म दर्ता भएको यो संख्या अघिल्लो संविधानसभा निर्वाचन -२०६४) को भन्दा ५५ लाखले कम रहेको आयोगले जनाएको छ ।  २०५८ सालको जनगणनाको तुलनामा २०६८ मा ३३ लाख ४३ हजार ७२ जनसंख्या वृद्धि भए पनि मतदाता संख्या भने घटेको छ । ०६४ सालको संविधानसभा निर्वाचनपछि १८ वर्ष उमेर पूरा भएका झन्डै १० लाख मतदाता थपिएका छन् । यसअघि संविधानसभा निर्वाचनका बेला देशभर १ करोड ७६ लाखले नाम दर्ता गराएका थिए ।
अघिल्ला निर्वाचनमा मतदाता नामावली संकलनका लागि कुनै वैज्ञानिक व्यवस्था नहु“दा एकै व्यक्तिलेे तीन/चार ठाउ“बाट नाम लेखाउने र त्हु“दा खास मतदाताभन्दा संख्या बढेको बताइन्छ । तर अहिले फोटोसहितको विद्युतीय मतदाता नामावली संकलन हुने र नागरिकता अनिवार्य चाहिने भएकाले दोहोरिने सम्भावना नरहेको र त्यस्तो भइहालेमा पनि आयोगले प्रमाणीकरण गर्न सक्ने भएकाले संख्या कम भएको बताइन्छ । बसाइ“सराइ भएका र मृत्यु भएकाको नाम नकाटिनु त्यसबेलाको प्रमुख समस्या भएको बताइन्छ । 

No comments:

Post a Comment