बेसीशहर ०७० साउन १ गते ।
जिल्ला शिक्षा कार्यालयले लमजुङको जिल्लाका सबै स्रोतकेन्द्रमा सामुदायिक अध्ययन केन्द्र सञ्चालन गरेको छ । लमजुङमा अहिले १६ वटा स्रोतकेन्द्र छन् । सामुदायिक अध्ययन केन्द्र मार्फ स्थानीय स्तरमा पठन संस्कृति विकास गर्ने उद्देश्यले अध्यन केन्द्र सञ्चालन गरिएको कार्यालयका उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।
आनौपचारिक शिक्षा कार्यक्रम अर्न्तर्गत सामुदायिक अध्यन केन्द्रलाई सरकारले बर्षोनी पचास हजार रुपैया“ प्रदान गर्दै आएको छ । उक्त रकमबाट २५ हजार प्रशासनिक र २५ हजार कार्यक्रममा खर्च गर्नुपर्ने प्रावधान रहेको बताइन्छ । अध्ययन केन्द्रमा पर्याप्त मात्रामा पुस्तक तथा पत्रपत्रिका नहुने र व्यवस्थापन राम्रो हुन नसक्दा अध्ययन केन्द्रमा जाने पाठकको संख्या भने न्युन छ । आगामी आर्थिक बर्षा लमजुङमा केही अध्यन केन्द्र थप्ने शिक्षा कार्यालयको तयारी गरेको छ ।
जिल्ला शिक्षा कार्यालय लमजुङले यस आर्थिक बर्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम अर्न्तर्गत जिल्लाका ३० जना द्वन्द्धपीडित विद्यार्थीलाई ३ लाख ४२ हजार रुपैया“ छात्रवृत्ती प्रदान गरेको छ । जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने द्वन्द्ध पीडित विद्यार्थीलाई बाषिर्क रुपमा दश हजार देखि १६ हजार रुपैया“ सम्म छात्रवृत्ति प्रदान गरिएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष२०६९/०७० मा द्वन्द्धपीडित विद्यार्थीले छात्रवृत्ति स्वरुप सबै भन्दा धेरै मंगला उच्च मावि सोतिपसलमा अध्यनरत मिना बस्नेत र अर्थली बोर्डिङ स्कुल बेसीशहरका प्रतिक्षा अर्यालले १६ हजार रुपैया“ प्राप्त गरेका बताइएको छ । द्वन्द्धका क्रमा निधन भएका अभिभावकका छोरा छोरीलाई धेरै र र्घाईते लगायतको अवस्था एवं विद्यार्थीका कक्षा अनुसार छात्रवृत्तीको रकम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालयका उपसिचिव नगेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

No comments:
Post a Comment