scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 16, 2013

कम उमेरमा विबाह गर्ने र कम उमेरमै बच्चा जन्माउनेको संख्या बढ्दै

बेसीशहर 2०७० साउन १ गते ।
बेसीशहर- लमजुङ जिल्लामा कम उमेरमा विबाह गर्ने र कम उमेरमै बच्चा जन्माउनेको संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रममा लमजुङमा किशोर किशोरीको अवस्था, प्रजनन स्व्ास्थ्य सेवाको उपभोग, प्रजनन् अधिकार, विवहाको उमेर, प्रकार लगायतको विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दे जिल्ला जनस्वास्थ्य कार्यलयका परिवार नियोजन सुपरभाइजर अधिकृत उत्तमकुमार कोइरालाले नेपालमा सरदर विवाहको औषत उमेर पुरषको २१ दशमलब ६ वर्षर महिलाको १७ दशमलब ५ वर्षभएको जानकारी दिनुभयो । कार्यपत्रमा उहा“ले अहिले लमजुङमा १० देखि १९ वर्षो उमेरमा विवाह गर्नेको संख्या ५१ दशमलब ९ प्रतिशत रहेको तथ्याङ्क र्सार्वजनिक गर्नुभयो ।
प्रजनन् स्वस्थ्य सेवाको उपभोग गर्ने किशोर- किशोरी मध्ये गर्भवती जा“च गराउने २३ दशमलब १ प्रतिशत, २० वर्षभन्दा कम उमेरका डिपो लगाउनेको संख्या ८ दशमलब ८२ प्रतिशत रहेको कार्यक्रममा बताइयो । त्यस्तै २० वर्षभन्दा कम उमेरका ८ दशमलब ६ प्रतिशत किशोरीले पिल्स खाने गरेको र २० वर्षभन्दा कम उमेरका २ प्रतिशत महिलालर्ेर् इम्प्लान्ट, आ.यु.सि.डि. लगायतको सेवा लिने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे जिल्ला जनस्वास्थ्य कार्यलयका हेल्थ असिस्टेण्ट गौरव ढकालले कम उमेरमा वच्चा जम्माउ“दा जन्मेको वच्चा पा“च वर्षभत्र मर्ने सम्भावना हुने, कम तौलको वच्चा जन्मने, वाल मृत्यूदर उच्च भई समग्र औषत आयु कम हुने लगायतको समस्या देखा पर्ने वताउनुभयो ।
स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङका प्रजिअ बाबुराम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

No comments:

Post a Comment