अपांग संरक्षण समाज लमजुङको आयोजना तथा आइएनएफ कास्कीको सहयोगमा समावेशी विकासमा अपांगता विषयक दर्ुइ दिने तालिम बिहीबार बेसीशहरमा सम्पन्न भयो । कार्यक्रममा आइएनएफ कास्कीका सि.बि.आर अधिकृत र्सर्ूयबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत नवीनचन्द्र घिमिरे र अपांग संरक्षण समाज लमजुङका चन्द्रकान्त पौडेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा अपांगताको परिभाषा, लैंगिक भेदभाव, समुदायमा आधारित पुनर्स्थापना, नेपालमा अपांगताको स्थिति, अपांगता भएका बालबालिकाको विकासमा समावेशिकरण लगायत विषयमा प्रशिक्षण दिइएको समाजका कार्यक्रम संयोजक सञ्जय पौडेलले बताउनु भयो ।
कार्यक्रमको समापन समाजका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षता तथा बेसीशहर नगर विकास समितिका अध्यक्ष जीवनकुमा्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बेसीशहर नगर विकास क्षेत्र भित्र हुने भौतिक संरचनाहरुलाई अपांगतामैत्री बनाउने र संस्थाका पदाधिकारी र कार्यरत कर्मचारीहरुलाई अपांगतामैत्री व्यवहार गर्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीका तर्फाट जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नेत्रप्रसाद सापकोटा र महिला तथा बालबालिका कार्यालयका सुपरभाइजर सीतादेवी गैरेले तालिम उपलब्धिमूलक भएको र यसलाई कार्यान्वयन गर्न आफुहरु उत्साही रहेको बताउनु भयो ।
विकासको मूलधारमा अपांगता भएका व्यक्तिहरुको समावेशिता र सहभागिता बढाउने उद्देश्यका साथ सञ्चालित कार्यक्रममा जिल्लाका मूलधारका सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रनितिधिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment