scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

एकसातामा तेह्रसयले मतदाता नामावलीमा आफ्नो नाम भरे

बेसीशहर ११ भदौ
निर्वाचन आयोगले गत भदौ १ देखि ७ गतेसम्मका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका लागि थपेकोमा त्यस अवधिमा लमजुङ जिल्लामा १ हजार २ सय ९९ जना थप मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार थपिएको पहिलो दिन जम्मा १४ जनाले मात्र नाम दर्ता गराएकामा त्यसपछि क्रमिक रुपमले मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको संख्या बढेको थियो । दोस्रो दि ९३ जनाले नाम दर्ता गराएकामा तेस्रो दिन १ सय ३९, चोथौ दिन १ सय ६६, पाचौ दिन ५८, छैटौ दिन ३ सय ११ र सातौ ५ सय १८ जनाले नाम दर्ता गराएका थिए ।
थपिएको समय र्घर्किदै जा“दा कार्यालयमा नाम दर्ता गराउनेहरुको भी
ड बढ्दो थियो । अन्तिमका दर्ुइ दिनमा नाम दर्ता गराउन टाढाटाढाबाट मतदाताहरु निर्वाचन कायलियमा आएका थिए । चर्चित तथा लोकप्रिय लोक दोहोरी गायक राजु परियारसमेतले सो अवधिमा मतदाता नामावलमिा आफ्नो नाम दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका कर्मचारीलार्ईर् थपिएको अवधिमा नाम दर्ता गर्न भ्याइ नभ्याई भएको थियो । विदाको दिनमा समेत सा“झसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको भीड लागेको थियो । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिएपनि अझै धेरै मतदाताले नाम दर्ता गरेका छैनन् ।

No comments:

Post a Comment