बेसीशहर ११ भदौ
देशका विभिन्न भागमा बर्डफ्लुको संक्रमण फैलिरहेका कारण लमजुङमा रोगी कुखुरा भित्रिन नदिन अभूतपर्ूव सावधानी अपनाइरहेका बेला लमजुङकै केही क्षेत्रमा भने कुखरा स्वस्थ रहेको देखाउन कर्ीर्ते कागजपत्र बनाएर कुखुराको विक्री वितरण भइरहेको रहस्य खुलेको छ ।
र् वर्डफ्लु रोग फैलिन नदिन जिल्ला पशु सेवा कार्यालयले लमजुङमा उच्च र्सतर्कता अपनाएको छ । जसका कारण रोग नियन्त्रण नहुदासम्मका लागि लमजुङमा कुखुराका चल्ला, मासु खान योग्य ब्रोइलर कुखुरा र अण्डा स्वस्थ रहेको प्रमाणपत्र बेगर विक्री वितरण गर्न रोक लगाइएको छ । यो नियम थाहा पाएपछि क्वारेन्टाइन पास नभएका कुखुराहरु विक्रीका लागि सरकारी कागजपत्र नै नक्कली बन्ने गरेको खुलासा भएको हो । कुखुरा स्वस्थ रहेको भनि जिल्ला पशु सेवा कार्यलयको नक्कली सिफारीस बनाएर तनहू“का एक ब्यवसायीले कुखुरा विक्री गर्ने गरेको रहस्य रम्घाको दर्ुइपिप्ले बजारमा खुलेको हो । तनहू“को भानु गाविस वडा नंं ५ का न्यौपाने थरका ब्यक्तिले दक्षिण लमजुङको रम्घा गाविसको दर्ुइपिप्ले बजारमा विक्रीका लागि लगेको कुखुरा चेकजा“चका क्रममा यस्तो रहस्य खुलेको हो ।
ु कुखुरा विक्रीका लागि गएको गाडि दर्ुइपिप्ले प्रहरीले चेकजा“च गर्दा सप्लायर्सले पशु सेवा कार्यालयको सिफारिस देखाएपछि प्रहरीले त्यस सम्बन्धमा सोतिपसल स्थित पशु स्वास्थ्य उपकेन्द्रमा बुझेको थियो । केन्द्रले सिफारिस गरिएको वा नगरिएको बारे जिल्ला पशु सेवा कार्यलयमा बुझ्दा कार्यलयले त्यस प्रकारको कुनै पनि सिफारिस नगरिएको बताएपछि ती सप्लायर्स समातिएका थिए । अनुसन्धानका क्रममा सप्लायर्सले बनाएको पत्र, छाप र पशु विकास अधिकृत डा. गोपाल गिरीको हस्ताक्षर सबै कर्ीर्ते गरिएको रहस्य खुलेको थियो । यो रहस्य खुलेपछि प्रहरीले विक्रीका लागि लगिएको ५ क्वीण्टल कुखुरा जफ्त गरेको भए पनि पछि उनीहरुलाई आइन्दा त्यसो नगर्ने शर्तमा प्रहरीले छोडेको स्थानीयले बताएका छन् ।
तर सरकारी कागज कर्ीर्ते गरेको अभियोगमा उनीमाथि मुद्दा चलाउनु पर्नेमा त्यतिकै छोडिएकोमा जनगुनासो बढिरहेको छ । तर जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गोपाल गिरीले हाल दर्ुइपिप्ले प्रहरीमा रहेको सो कागजपत्र मगाएर आवश्यक कारबाही अघि बढाइने लमजुङ आवाजलाई बताउनुभयो । उहा“ले तत्कालका लागि कुखुरा फिर्ता पठाइएको भए पनि कागजपत्र हेरेर मात्र कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाले आफ्नो हस्ताक्षर मात्र कर्ीर्ते गरिएको आफूले सुनेको र थप कुरा कागज हेरेर मात्र भन्न सकिने बताउनुभयो ।
देशका विभिन्न भागमा बर्डफ्लु रोगको संक्रमण फैलिएपछि दर्ुइसाता यता लमजुङमा कुखुराका चल्ला, अण्डा, सुली, र ब्रोइलर तथा लर्ेयर्स कुखुराहरु आयत बन्द गरिएको छ । केही समय अघि चितवनको एक सप्लायर्सले रातीको मौका छोपी विक्री गरेर फर्केको थापा पाएपछि पशु सेवा कार्यालयकै सक्रियतामा पाउदीमा कुखुरा विक्रीका लागि ल्याएको ट्रक कब्जा गरिएको थियो । निजले ल्याएको कुखुरा केही रोगी भेटिएको र केही मरेको समेत पाइएकोले परीक्षणका लागि पठाइएकोमा वर्डफ्लू नभएको भेटिएको थियो ।
No comments:
Post a Comment