scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 28, 2013

आगामी निर्वाचनमा लमजुङबाट कुन दलका उमेदवार को बन्लान् ?

लमजुङ, भदौ ११
आगामी मंसिर ४ गते हुने भनिएको संविधानसभाको दोस्रो निर्वाचनका लागि लमजुङमा क्रियाशील राजनीतिक दलहरु उमेदवार छनोटमा लागिपरेका छन् ।
चुनावको तिथि नजिकदै जा“दा मतदाताबीच आगामी निर्वाचनमा को को उमेदवार होलान् भन्ने जिज्ञासा बढीरहेकै बेला पार्टर्ीीले उमेदावर छनोटको तयारी शुरु गरेका हुन् । सबै पार्टर्ीी केन्द्रीय समितिले समेत उमेदवार सिफारिस गर्न निर्देशन दिएपछि उमेदवार छान्ने प्रक्रिया क्षेत्रगत रुपमा शुरु भएको बुझिएको छ । मुख्यतः लमजुङमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले उमेदवार छनोटमा लागेका छन् ।
एमाओवादी लमजुङले उमेदवार छनोट गरी पठाइसकेको छ । एमाओवादीले आगामी निर्वाचनका लागि लमजुङ क्षेत्र नं. १ बाट जिल्ला इन्चार्ज देवेन्द्र पराजुली, क्षेत्र नं. १ का संयोजक लालबहादुर गुरुङ, क्षेत्र नंं २ का संयोजक मधु अधिकारी, राज्य समितिका सदस्य मेखबहादुर भण्डारी, राजु थापा, ऋषिराम भारती, प्रमोद दवाडी, नन्दबहादुर कुमाल, देउबहादुर पौडेल र दयासागर घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य पारसमणी पौडेल, राज्य समितिका सदस्य देवेन्द्र पौडेल, वाइसिएल अध्यक्ष सुनिल सुनार, राज्य समिति सदस्य रामचन्द्र पौडेल, शोभा थापा, जलालद्दिन मिया, इमानसिंह तामाङको नाम सिफारिस भएको छ।
एमाओवादीले प्रत्यक्ष र समानुपातिक भनेर उमेदवारको सिफारिस किटान नगरे पनि क्षेत्र नं. १ बाट इन्चार्ज देवेन्द्र पराजुली, लालबहादुर गुरुङ, मेखबहादुर भण्डारीको चर्चा बढी सुनिएको छ । त्यस्तै क्षेत्र नं. २ मा पारसमणि पौडेल, देवेन्द्र पौडेल र सुनिल सुनारको चर्चा बढी रहेको स्रोतले बताएको छ । कतिपयले प्रत्यक्षतर्फक्षेत्र नं १ मा देवेन्द्र पराजुली र २ मा पारसमणि पौडेल नै अन्ततः प्रत्यक्षतर्फउमेदवार हुने पक्का रहेको बताएका छन् ।
यता नेपाली कांग्रेसमा पनि उमेदवार छनोटका लागि दौडधुप शुरु भएको छ । उमेदवार सिफारिस गरी पठाउन पार्टर्ीीेन्द्रीय समितिले निर्देशन दिएपछि कांग्रेसका जिल्ला तहका नेताहरु आफ्नो उमेदवारीका लागि दौडधूपमा लागेका हुन् । यसका लागि विभिन्न नेताहरु केन्द्रीय नेताहरुसंगको भेटघाटमा ब्यस्त छन् । 
पार्टर्ीीकता भए पनि नेताहरुबीच भावतात्मक एकता नभएपछि दर्ुइ खेमा कायमै रहेकाले आफ्नो खेमाका ठूला नेताहरुलाई रिझाउने प्रयास कांग्रेसभित्र शुरु भइसकेको छ । तर पार्टर्ीीवधान अनुसार उमेदवार सिफारिस क्षेत्रीय समितिले गर्ने भएकाले नेताहरु क्षेत्रीय समितिलाई रिझाउन लागि परेका छन् । कहिल्यै नबोल्ने र कुरो गर्न पनि नचाहने नेताहरु पनि अहिले आफ्नो सिफारिसका लागि क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुसंग निकटता बढाउदै  छन् ।
नेपाली कांग्रेसबाट लमजुङ क्षेत्र नं. १ बाट रामबहादुर गुरुङ, शंकरकान्त जोशी, तुलसी नारायण श्रेष्ठ, महासमितिका सदस्य डिकेन्द्रराज क“डेल, विष्णुप्रसाद धिताल, गर्जबहादुर गुरुङ, डा. टकराज गुरुङको नाम चर्चामा आउन थालेको छ । त्यस्तै क्षेत्र नं. २ मा केन्द्रीय सदस्य दिलबहादुर र्घर्ती, जिल्ला कार्य समितिका सभापति कृष्ण कोइराला, सचिव आनन्द घिमिरे, पर्ूव सभापति चन्द्रबहादुर कु“वर, महासमितिका सदस्य गमप्रसाद गुरुङको नाम चर्चामा आएको छ ।
नेपाली कांग्रेसको विधान अनुसार उमेदवारका लागि क्षेत्रीय कार्य समितिले सिफारिस गर्नु पर्दछ । यसका लागि क्षेत्रीय कार्य समितिको वैठक छिट्टै बस्ने भएको छ ।
यता नेकपा एमालेमा पनि आगामी संविधानसभाको निर्वाचनका लागि उमेदवार बन्ने बनाउने विषयमा निकै चर्चा चल्न थालेको छ । आगामी निर्वाचनका लागि लमजुङ क्षेत्र नं. १ मा एमालेको तर्फाट केन्द्रीय सदस्य टुका हमाल, गण्डकी अञ्चल कमिटीका सचिव मायानाथ अधिकारी, पर्ूव जिल्ला कमिटीका अध्यक्ष तथा हालका गण्डकी अञ्चल सदस्य जमीन्द्रमान घले, क्षेत्र नंं १ का अध्यक्ष जीतबहादुर गुरुङलगायतको चर्चा एमालेभित्र चलेको छ ।
त्यस्तै क्षेत्र नंं २ मा पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, जिल्ला कमिटीका उपाध्यक्ष गुमानसिंह अर्याल, केन्द्रीय सर्म्पर्क विभागका सचिव भीष्म अधिकारी, पार्टर्ीीध्यक्ष झलनाथ खनालका पिए रामबाबु अधिकारी, क्षेत्रीय सदस्य योगेन्द्र नारायण शाह, अनेमसंघका जिल्ला अध्यक्ष लक्ष्मी अधिकारी लगायतको चर्चा चलिरहेको छ । एमालेको विधान अनुसार क्षेत्रीय कमिटीले आफ्नो क्षेत्रका उमेदवार सिफारिस गर्ने प्रावधान रहेको छ, सिफारिस गरिएकामध्ये एक महिला उमेदवार हुनर्ैपर्छ ।
यता राप्रपा पनि चुनावको तयारीमा जुटेको छ । आगमी निर्वाचनका लागि राप्रपाबाट क्षेत्र नं. १ मा पार्टर्ीीहमहामन्त्री हेमजंग गुरुङ र क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठ नै उमेदवार हुने करीब पक्का पक्की छ । तर जिल्ला अध्यक्ष श्रेष्ठले आफू उमेदवार बन्न इच्छुक नभएको प्रतिक्रिया दिनुभएको छ 

No comments:

Post a Comment