लमजुङ, भदौ ११
गोलमेच सम्मेलनमा छलफल गरिनुपर्ने भनी आफुहरुले राखेको विषयहरुको प्रस्ताव सरकार र्समर्थक दलहरुको उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेको भन्दै, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले निर्वाचनको सक्रिय बहिष्कारका निम्ति तत्काल प्रचारात्मक कार्यक्रम थाल्ने चेतावनी दिएको छ ।
यो चेतावनीपछि संविधानसभा निर्वाचनको अन्यौल अरु बढेको छ भने कथंकदाचित निर्वाचन भइ हालेमा पनि सो क्रममा सुरक्षाको चुनौति थपिएको छ । बैद्य माओवादीले चुनाव विथोल्न बुथस्तरसम्म प्रचारात्मक अभियान गर्ने चेतावनीले यस्तो चुनौति थपिएको हो ।
आफ्ना कार्यक्रमहरु शसस्त्र नहुने भएपनि, अर्को पक्षले बल प्रयोग गर्ने सम्भावना बढेको भन्दै निर्वाचनताका झडप हुने सक्ने सो पार्टर्ीी उपाध्यक्ष सीपी गजुरेलले चेतावनी दिइसक्नु भएको छ । आ-आफ्ना योजना नया“ संविधानको अर्न्तर्वस्तु तथा सरकार गठनसमेतलाई छलफलको विषय बनाइनुपर्ने सहित पा“च बु“दे माग प्रस्तुत गरेपछि वैद्य नेतृत्वको माओवादी सम्मिलित असन्तुष्ट मोर्चासंग उच्चस्तरीय राजनीतिक समितिले वार्ता अघि बढाउन नचाहेपछि बैद्य समूहले यस्तो भनाई र्सार्वजनिक गरेको हो ।
यसबाट सबै पार्टर्ीीमलेर निर्वाचनमा जान्छन् कि भन्ने जनताको अपेक्षा तुहिन पुगेको छ । चार ठूला दल जसरी पनि निर्वाचनमा जाने र बैद्य नेतृत्वका माओवादी सहितका अन्य साना दल आन्दोलनमा जाने भएपछि चुनावताका कतै अप्रिय अवस्थाको सिर्जना हुने त होइन भन्ने आशंका थपिएको छ । यसैका कारण उत्पन्न भएको नया“ परिस्थितिसंग जुध्न दुवै पक्ष आ आफ्नै ढंगका योजनाका साथ अघि बढ्ने मनस्थितिमा देखिएका छन् ।
बैद्य माओवादी चुनावको सक्रिय बहिष्कारको उसको घोषति नीति कार्यान्वयन गर्न अन्य असन्तुष्ट दलहरुसंग छलफल गर्ने योजनामा छ ।
माओवादी उपाध्यक्ष सीपी गजुरेलले तत्कालका लागि आफूहरु निशस्त्र ढंगले बहिष्कारको प्रचारमा उत्रने र हरेक निर्वाचन बुथमा प्रचारात्मक टोली खटाइ त्यहा“का जनतालाई सक्रिय बहिष्कारका निम्ति तयार पार्दा अर्को पक्ष उत्तेेजित भएर आउने भएकाले झडप निश्चित रुपमा हुने बताउनुभयो ।
नेकपा माओवादीले सक्रिय बहिष्कारको नीति अख्तियार गरिरहेका बेला अन्य ठूला राजनीतिक दलहरु भने असन्तुष्ट अन्य साना दलहरुलाई मिलाएर चुनावमा केन्द्रीत हुने रणनीतिमा देखिएका छन् । यसबाट आगामी निर्वाचनमा सुरक्षाको चुनैति थपिएको त छ नै साना दलहरुले भाग नलिए संविधान निर्माणको प्रक्रियामा समेत राजनीतिक विवाद उत्पन्न हुने विश्लेषकहरुको भनाई छ ।
No comments:
Post a Comment