लमजुङ, भदौ ११
बेसीशहर- आगामी संविधानसभा निर्वाचनका लागि पार्टर्ीी तर्फाट प्रत्यक्ष तथा समानुपातिक तर्फा उमेदवार चयन गर्नका लागि नेपाली कांग्रेस लमजुङभित्र निर्वाचन नै हुने करिब पक्का भएको छ ।
पार्टर्ीीेन्द्रीय समितिको निर्देशन पछि आइतबार बेसीशहरमा बसेको लमजुङ क्षेत्र नं. १ र २ क्षेत्रीय समितिको संयुक्त वैठकमा उमेदवारहरुका विषयमा सबैबीच मतैक्य हुन नसकेपछि यसको छिनोफानो निर्वाचनबाट गरिनुपर्ने मत बाहिर आएको छ । केन्द्रीय समितिले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ३ जना र समानुपातिकतर्फ५ जनाको नाम सिफारिस गर्न सबै क्षेत्रीय समितिलाई निर्देशन दिएको थियो । केन्द्रीय समितिले उमेदवार सिफारिस गर्नका लागि भदौ २० को समयावधि दिएको छ ।
आइतबारको संयुक्त वैठकमा उमेदवार छनोट लगायतका विभिन्न विषयमा छलफल भएको थियो । छलफलले निचोड निकाल्न नसके पनि उमेदवार सिफारिसका लागि र्सवसम्मत पनि नहुने संकेत देखाएको सहभागी एक नेताले लमजुङ आवाजलाई जानकारी दिए । छलफलको क्रममा यही भदौ १७ गते क्षेत्रीय सम्मेलनको आयोजना गरी सोही सम्मेलनबाटै उमेदवारहरुको नाम सिफारिस गर्ने सहमति बनेको छ । यस अघि उमेदवार हुन चाहनेहरुले भदौ १६ भित्र प्रत्यक्ष र समानुपातिकतर्फउमेदवार हुन चाहनेले क्षेत्रीय समितिलाई आवेदन दिनुपर्ने बताइएको छ ।
क्षेत्रीय समितिको वैठक निर्वाचन उन्मुख भए पनि कार्यकर्ताहरु भने चुनाव जित्ने हिसावले उमेदवार छनोट गर्नुपर्ने पक्षमा छन् । धेरै कार्यकर्ताले यस पटक चुनाव जित्ने प्रत्यक्षतर्फक्षेत्र नं. १ मा शंकरकान्त जोशी र क्षेत्र नंं २ मा गमप्रसाद गुरुङलाई उमेदवार बनाउन आग्रह गरेका छन् । क्षेत्र नं. २ मा बलियो मानिएका पृथ्वीसुब्बा गुरुङलाई हराउन पनि गमप्रसादको उमेदवारी अनिवार्य रहेको कार्यकर्ताको ठहर छ । विगतमा केन्द्रीय सदस्य दीलबहादुर र्घर्तीको पराजयबाट पाठ सिक्नुपर्ने कार्यकर्ता बताउ“छन् । यता क्षेत्र नं. १ मा शंकरकान्त जोशी जतिको बलियो उमेदवार अरु नहुने ठम्याई कार्यकर्ताको छ । अघिल्लो निर्वाचनमा पराजय भोगेका तुलसी नारायण श्रेष्ठले अबको निर्वाचनमा जोशीलाई प्रस्ताव गर्नुपर्ने मत कार्यकर्ताको छ । क्षेत्र नं. १ मा दावेदार तुलसी नारायण श्रेष्ठ र क्षेत्र नं. २ का दावेदार पार्टर्ीीभापति कृष्ण कोइराला समानुपातिकमा चुनाव लड्दा पार्टर्ीीई फाइदा हुने र यसो हुदा पार्टर्ीीत्रको गुटबन्दी अन्त्य हुन समेत मद्दत पुग्ने र भोलिका दिनमा कांग्रेसको गुट उपगुट समाप्त हुने अपेक्षा पनि कार्यकर्ताले गरेका छन् । अरु पार्टर्ीीन्दा बलियो हुदा हुदै पनि गुटबन्दीको राजनीतिले कांग्रेसको संगठन ध्वस्त हुदै आएको यथार्थ कसैबाट छिपेको छैन । यसपटक पनि गुटबन्दी कायमै रहने हो भने कांग्रेसले लमजुङका दुवै सीटबाट सदाको लागि हात धुनुपर्ने अवस्था आउन सक्ने खतरा त्यतिकै छ ।
No comments:
Post a Comment