scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रको दुरावस्था, जनताले सेवा पाएनन्

बेसीशहर भदौ ११
लमजुङ-चन्द्रेश्वर गाविसको च्यानपाटामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुको अभाव हु“दा स्थानीय बासीन्दाहरु स्तरीय स्वास्थ्य सुविधाबाट बञ्चित भइरहेका छन् ।
अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु नहुदा स्थानीयले यस्तो समस्या झेल्नु परेको हो । जिल्ला अस्पताल समेत सामुदायिक रुपमा सञ्चालन भइरहेको अवस्थामा लमजुङ क्षेत्र नंं २ मा रहेको एकमात्र प्राथामिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नभएर सेवाग्राही मर्कामा पर्दा समेत सरोकारवाला निकाय मौन रहेको भन्दै स्थानीय बासीन्दाले गुनासो गरेका छन् ।
स्थानीय बासीन्दाका अनुसार स्वास्थ्य केन्द्रमा प्राथमिक स्वास्थ्य केन्द्रको साइनवोर्ड झुण्ड्याए पनि भित्री रुपमा स्वास्थ्य केन्द्र खोक्रो हुदै गएको छ । स्थानीयर् इश्वरी प्रसाद अधिकारी भन्नुहुन्छ- "भौतिक संरचना र यहा“को आवस्यकतालाई आ“कलन गर्ने हो भने यसको स्तरोन्न्ाति भई अस्पताल भई सक्नु पर्ने हो तर स्तरोन्नति गर्ने तर्फकसैको ध्यान पटक्कै गएको छैन । स्विकृत दरवन्दी अनुसारको जनशक्ति नहु“दा पनि सवै मौन रहने र स्वास्थ्य केन्द्र व्यवस्थापन समिति पनि क्रियाशील नहुदा स्वास्थ्य संस्थाको अवस्था झन् नाजुक बनिरहेको छ ।"
अधिकारीका अनुसार सिंदुरे, पुरानकोट र नेटा गा.वि.स.बाट प्रतिनिधित्व गर्ने सदस्यहरु अहिले गाउ“मा छैनन् । धुसेनीबाट प्रतिनिधित्व गर्ने सदस्यको निधन भएको पनि धेरै बर्षभैसकेको छ । समितिका वा“की सदस्यहरु वाट पनि स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिको बैठक बसेको छैन । समितिका सदस्यहरुलाई पनि स्वास्थ्य केन्द्रको चासो नहुनु र समिति पर्ुनर्गठन गर्ने प्रक्रिया पनि अघि नबढ्दा स्वास्थ्य केन्द्रको दुरावस्था अरु बढ्दो छ ।
एक जना एमबीबीएस डाक्टर, एक जना हेल्थ असिस्टेन्ट , एकजना स्टाफ नर्स, दर्ुइ जना अहेव तीन जना अनमी, एक जना प्रयोगशाला परीक्षक र दुइजना कार्यालय सहयोगी समेत ११ जना स्विकृत दरवन्दी भएको चन्द्रेश्वर प्राथामिक स्वास्थ्य केन्द्रमा अहिले  १ जना अहेव १ जना अनमि र दर्ुइजना कार्यालय सहयोगी मात्र कार्यरत छन् । एकजना प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीलाई गाविसले तलब दिएर राखेको छ । 
अधिकारीका अनुसार स्वास्थ्य केन्द्रका डाक्टरलाई मन्त्रालयले, अनमिलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालय र अहेवलाई जिल्ला जनस्वास्थ्य कार्यालयले सरुवा गरेपछि रिक्त रहेको दरबन्दी अहिलेसम्म पर्ूर्ति हुन सकेको छैन ।  
"कतै डाक्टर, हेल्थ असिष्टेण्ट र अनमिसंगै दरबन्दी पनि सरुवा भएको त होइन -" अधिकारीले प्रश्न गर्नु भयो । 
स्थानीय बासीन्दाहरु अहिले रिक्त दरबन्दीहरुमा कहिले पदपर्ूर्ति हुने होला भनि पर्खि बसेका छन् । लामो समयसम्म पनि यस विषयमा सम्बन्धित निकायको ध्यान नजानुलाई उनीहरु आर्श्चर्य मानिरहेका छन् ।
डाक्टर सहितका स्वास्थ्यकर्मीहरुको अभावमा त्यहा“ उपचारमा जानेहरुले स्तरीय सेवा पाउन सकेका छैनन् । स्थानीयहरु भन्छन- "नियमनकारी भूमिका निर्वाह गर्ने निकाय कुन  हो र किन मौन रहेको छ -" स्थानीयहरुले यस्तै  अवस्था रही रहे स्वास्थ्य केन्द्रका साइनबोर्ड उल्टो झुण्ड्याएर तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् । राज्यले ठूलो धनराशी खर्च गरी स्वास्थ्य केन्द्र बनाएक पनि ती भौतिक संरचना निर्माणको प्रयोजन नरहेको स्थानीयबासीहरु बताउ“छन् ।
स्वास्थ्य संस्था जस्तो सम्वेदनशील संस्थामा खेलवाड र हेलचेक्र्याइं गरिएको भन्दै आक्रोसित स्थानीय बासीन्दाले जनचासो उर्लिएर धर्ैयको बा“ध फुट्न नदिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
स्थानीयका अनुसार स्वास्थ्य केन्द्रमा राखिएको एक्सरे मेसिन पनि चलाउ“दै नचलाईकन जर्ीण्ा अवस्थामा पुगेको छ । एक्सरे भए पनि त्यो चलाउने दरबन्दी अहिलेसम्म नभएको उनीहरुको भनाई छ । आवश्यक दरबन्दी नहुने र भएको दरवन्दी समेत रिक्त हु“दै जाने र पदपर्ूर्ति पनि नहुने हो भने स्ांस्था बन्दै गरिदिए हुन्छ भन्छन् दुराडा“डाबासीहरु । उनीहरुका अनुसार सरुवा हुने कर्मचारीको नियमित प्रकृया हो भने संगसंगै रिक्त पद पुरा हुने पनि त नियमित प्रक्रिया हुनर्ुपर्छ । यस विषयमा स्वास्थ्य मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति लगायत सरोकारवाला संस्थाको छिटो भन्दा छिटो ध्यानाकर्षा हुनुपर्ने माग उनीहरुको छ ।
दुराडा“डा, चन्द्रेश्वर, नेटा, धुसेनी, पुरानोकोट, सिन्दुरेलगायतका गाविसका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको सो प्राथमिक स्वास्थ्य केन्द्रमा शुरु देखि नै स्वास्थ्यकर्मीको अभाव रहदै आएको छ । यस अघि केही समयका लागि त्यहा“ एकजना एमबीबीएस डाक्टर बसे पनि केही समयमै फर्केपछि जनता डाक्टरी सेवाबाट बञ्चित भइरहेका छन् ।

No comments:

Post a Comment