बेसीशहर, भदौ ४ गते ।
निर्वाचन आयोगले मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम यही भदौ १ देखि एकसातासम्मका लागि पुनः शुरु गरेको छ ।
असार मसान्तसम्ममा १८ वर्षपुगी मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटाएकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि आयोगले २०७० असार मसान्तसम्म समयसीमा तोकी फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । सो अवधिमा करिब एक करोड २३ लाख नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन भएको थियो । सूचीकृत नामावलीमाथि आयोगले अहिले छानविन गरिरहेको छ ।
पछिल्लो जनगणना अनुसार नेपालको कूल जनसंख्या दर्ुइ करोड ६४ लाख ९४ हजार ५ सय ६ पुगेको छ । यस अनुसार मतदान गर्न सक्ने १८ वर्षाथिको जनसंख्या १ करोड ६४ लाख सात हजार २ सय ३ रहेको बताइन्छ । आयोगका अनुसार सो जनसंख्या र मतदान गर्न योग्य मतादाताबीच तुलना गर्दा अझै पनि करिब ४१ ल्ााख ७८ हजार ८ सय ९९ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छैनन् ।
लमजुङमा पनि विशेष कार्यक्रम अर्न्तर्गत मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुलाई दर्ता गराउने कार्य भदौ १ बाटै शुरु भएको छ । बेसीशहर दनाई फा“टस्थित निर्वाचन कार्यालयमा भदौ १ गते १४ जना, भदौ २ गते ९७ जना र भदौ ३ गते १ सय ३९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रीका अनुसार यस अघि लमजुङमा ८९ हजार ६ सयले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । जसमध्ये जिल्लाभित्रका ४७ हजार ३ सय ५८ महिला र ४१ हजार ४ सय ५५ पुरुष गरी ८८ हजार ८ सय १३ र लमजुङ जिल्ला बाहिरका ६५८ पुरुष र १ सय २९ महिला गरी ७ सय ८७ जनाले नाम दर्ता गराएका थिए ।
No comments:
Post a Comment