बेसीशहर ११ भदौ
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल लमजुङले यही भदौ २० गते सुन्दरबजारमा बृहत युवा भेलाको आयोजना गरेको छ ।
युवा संघ नेपाल लमजुङको शनिबार बेसीशहरमा बसेको बैठकले युवा भेलाको आयोजना गर्ने निर्ण्र्ाागरेकेा हो । भेलालाई केन्द्रीय अध्यक्ष महेश बस्नेतलगायतका युवा नेताहरुले सम्बोधन गर्ने युवा संघ लमजुङले जनाएको छ । भेलामा वर्तमान समयमा युवाहरुको भूमिका, आगामी दिनमा खेल्नु पर्ने भूमिकाका साथै आगामी संंविधानसभाको निर्वाचनमा एमालेलाई दुवै निर्वाचन क्षेत्रमा बिजयी गराउन रणनीति तय गर्ने विषयमा ब्यापक बहस र छलफल गरिने छ ।
युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी लमजुङका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा बसेको वैठक नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो बैठकमा नेकपा एमाले जिल्ला कमिटीका सचिव कृष्ण प्रसाद अधिकारी, अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment