२५ साउन । मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र शुक्रवार देशभर मनाइदैछ । मुस्लिम समूदायले हिजरी सम्बतको रमजान मुबारक महिनाभर ब्रत बसिसकेपछि हर्षोल्लासपूर्वक इदउल फित्र मनाउने गर्दछन् । हिजरी सम्बको आठौ साबान महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुने गर्दछ ।
इदुल फित्रका दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा परिकार खाने खुवाउने प्रचलन रहि आएको छ । यस्तै सफा कपडा लगाएर मस्जिदमा गएर इदको नमा पढिन्छ । नमाज पढेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्दै भाइचार र आत्मियता साटा गर्ने गरिन्छ । इदुल फित्रका दिन शुक्रवार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
यसैवीच इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति डा रामबरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजु भाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा मुलुकमा प्रचलित सबै प्रकारका चाडपर्व, भाषा, भेषभुषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्बर्द्धन गर्दै समाजमा आपसी एकता, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति इद उल्ल फित्र पर्वले सबैमा प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक कामना गर्नु भएको छ ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले पनि इस्लाम धर्माबलम्बीहरूको महान पर्व इद -इदुल फित्र०का अवसरमा दिनुभएको शुभकामना सन्देशमा नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुनै जाने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले इस्लाम धर्मावलम्बीको महान् चाड ईद् उल फित्रको अवसरमा मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सांस्कृतिक विविधतालाई चीरकालपर्यन्त संस्थागत गर्न सामाजिक सद्भाव, सहकार्य र एकतालाई मजबुत पार्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
सन्देशमा अध्यक्ष रेग्मीले भन्नुभएको छ-सुख, शान्ति र समृद्धिका लागि हाम्रो सांस्कृतिक सु-सम्बन्ध र नेपाली एकता जति महत्वपूर्ण छ, त्यति नै रुपमा हाम्रो राजनीतिक प्रणालीलाई स्थायित्व प्रदान गर्नु अत्यावश्यक छ । नेपालमा सबै वर्ग, समुदाय, धर्म र क्षेत्रका जनताको अधिकार सुनिश्चित गर्न नेपाली आवश्यकताको समावेशी संविधान निर्माण गर्ने प्रयोजनार्थ मंसिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभा निर्वाचनलाई सफल तुल्याउनु अहिलेको मूल लक्ष्य बनेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालगायतका शीर्ष नेताहरुले शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
इदको अवसरमा लमजुङ आवाज परिवार समस्त इस्लाम धर्मालम्बीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

No comments:
Post a Comment