२ दशक अघिदेखि गाउँदेखि तल खसेको पहिरोले पीडित हुदै आएका लमजुङको भोजे गाउँ विकास समितिका बासीन्दाहरुले आफूहरुलाई पुनर्वासको ब्यवस्था गरिदिन सरकारसंग आग्रह गरेका छन् ।
पहिरोका कारण भोजे गाविसको वडा नंं ४ र ५ का ६ घरपरिवार विस्थापित भैसकेका छन् भने बाँकी घर पनि पहिरोको सन्त्रासका कारण विस्थापित हुने अवस्थामा छन् । सो गाविसको वडा नम्बर ५ का मैखु गुरुङ, टेकबहादुर गुरुङ, खरबहादुर गुरुङ, गम्बू गुरुङ, उमरबहादुर गुरुङ र वडा नम्बर ४ की तर्ीथमाया गुरुङको परिवार विस्थापित भइसकेको छ । त्यस्तै वडा नम्बर ४ का कुशबहादुर गुरुङ, धनबहादुर गुरुङ, वडा नम्बर ५ का मुक्तसिंह गुरुङ, मनजंग गुरुङ, कामीबहादुर गुरुङ र बौद्धप्रसाद गुरुङको परिवार समेत आंशिक रुपमा विस्थापित भएका छन् । विगत बर्षेखिकै सन्त्रासमा बाँचेका त्यहाँका गाउँलेहरु हालैका बषर्ाका कारण थप त्रस्त भएका छन् । बषर्ाका कारण पहिरो फेरि र्झन थालेपछि विस्थापित भएका परिवार स्थानीय ठाँटीस्थित आमा समूहको भवन तथा छिमेकीको घरमा शरण लिएर बसेको स्थानीय कुशबहादुर गुरुङले वताउनुभयो ।
पहिरोका कारण आशिंक विस्थापित भएकाहरु पानी पर्न थालेपछि घर छोडेर छिमेकीको घरमा गएर बस्ने गरेका गुरुङले जानकारी दिनुभयो । कुशबहादुरका अनुसार पहिरोले उनीहरुको खेतबारी समेत बगाइसकेको छ ।
यसैबीच विस्थपित परिवार र अन्य गाउँलेहरुको एक टोलीले पहिरोका कारण गाउँ पुरै जोखिममा परेको भन्दै गाउँलेहरुलाई पुनर्बास गराउन आग्रह गरेका छन् । टोलीले लमजुङका प्रमुख जिल्ला अधिकारीमार्फ मन्त्रीपरिषदका अध्यक्षलाई पुनर्वासको लागि आग्रह गर्दै ज्ञापन पत्र पठाएका छन् । पहिरोका कारण गाउँमा बस्ने अवस्था नभएकाले उनीहरुले गास, बास र कपासको ब्यवस्थासहितको पुनर्वासको माग गरेका हुन् ।
गाउँमा पहिरोले पुर्याएको क्षति र सम्भावित जोखिमबारे स्थानीय बासीन्दाले बर्षोनी पटक पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षा गराए पनि कतैबाट यस विषयमा सुनुवाई नभएको भोजेका स्थानीय बासीन्दा तथा नेपाली कांग्रेसका महासमिति सदस्य गमप्रसाद गुरुङले बताउनुभयो । गुरुङका अनुसार गत बर्षपहिरो निरीक्षण गर्न गएको सरकारी टोलीले सहयोग गर्ने आश्वासन दिए पनि तत्कालका लागि गाउँमा खतरा नभएको भन्ने झुटो प्रतिवेदन पेश गरेकाले गाउँलेहरुले थप जोखिम ब्यहोर्नु परेको हो । गत बर्ष असोजमा शहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, खानी तथा भर्र्ुगर्भ विभागका प्रतिनिधिहरुले गाउँमा पुगेर तयार गरेको स्थलगत प्रतिवेदनमा त्रुटि रहेको गाउँलेहरुको भनाई छ । ५८ घरपरिवार रहेको भोजे गाउँका सबै घरमा पहिरोले जोखिम पुर्याएको बताइएको छ ।
पहिरोले स्थानीयका सयौं रोपनी खेतवारी र स्थानीय चरागाउँ, कुम्लुङ, पसगाउँ लगायतका गाउँमा जाने बाटो समेत बगाएको गाउँलेहरुले बताएका छन् । पहिरोकै कारण केही बर्षअघि स्थानीय र्सर्ुय ज्योति प्राथामिक विद्यालय नै बगाएको थियो ।
भोजे गाउँको फेदमा रहेको ख्युमर खोलावाट शुरु भएको पहिरो बढ्दै गएको र अहिले गिलुङ टक्सारतर्फो भेगसम्म चेप्न थालेको गाउँलेहरुले बताए । गाउँको दुवैतर्फाट पहिरोले चेपेपछि गाउँलेहरु आतंकित भएका हुन् । "२०४६ सालदेखि बर्षोनी गाउँमा पहिरो गइरहेको भए पनि न त पहिरो रोकथामका लागि कतैबाट पहल भएको छ, न गाउँलेहरुलाई पुनर्बासको ब्यवस्था गरिएको छ, गाउँलेहरुको जीउधनको सुरक्षा जिम्मा सरकारले लिनुपर्ने होइन -" स्थानीय मखन गुरुङले बताउनुभयो ।
No comments:
Post a Comment