बेसीशहर ११ भदौ
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबको महिला सदस्यमा निर्विरोध चयन हुन भएका रेडियो मर्स्याङदीका स्टेसन म्यानेजर
प्रेमकुमारी घलेलाई आइतबार रेडियो मर्स्याङदीले सम्मान गरेको छ ।
रेडियोको कार्यालयमा आइतबार चियापानसहित आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले घलेलाई सम्मान गर्नुभएको हो । हालै काठमाण्डौंमा भएको अधिवेसनले लमजुङको पहिलो रेडियो मर्स्याङदी संचालक समितिका सचिव समेत रहनुभएका घलेलाई निविरोध चयन गरेको थियोे ।
सम्मान कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रमका सहभागीले घलेलाई बधाइ दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
काठमाण्डौंमा दर्ुइदिनसम्म चलेको अधिवेशनले अकोरावको अध्यक्षमा रेडियो लुम्बिनी, रुपन्देहीका मोहन चापागार्“इलाई निविर्र्रोध चयन गरेको थियो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजंग थापा, महिला उपाध्यक्षमा रेडियो म्याग्दीका यामकुमारी केसी, जनजाति उपाध्यक्षमा रेडियो मकालु धनकुटाका अर्जुन र्राई, दलित उपाध्यक्षम रेडियो जागरण बुटवलका शिवजी गायक, सचिवमा रेडियो तुलसीपुर दाङका अर्जुन गिरी र कोषाध्यक्षमा रेडियो धादिङका सुवास खतिवडा, मध्यमाञ्चल संयोजकमा रेडियो सैलुङ दोलखाका होम पाठक, सुदूरपश्चिम संयोजकमा रेडियो सुदुर आवाज, डडेलधुराका रमेशप्रसाद जोशी निविर्र्रोध हुनुभएको थियो ।
अधिवेशनबाट रेडियो मान्डवी, प्युठानका भुवन सिंह दलित सदस्यमा र रेडियो मर्स्याङदी, लमजुङका प्रेमकुमारी घले र रेडियो गणतन्त्र, दाङका इन्दु बस्नेत महिला सदस्यमा निविर्र्रोध हुनुभएको थियो । २७ सदस्य कार्यसमितिका लागि पदाधिकारी सहित १९ जना निविर्र्रोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो ।
No comments:
Post a Comment