scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 13, 2013

लमजुङका सबै गाविसको बाषिर्क समीक्षा सम्पन्न

बेसीशहर, साउन २९ । लमजुङका प्रायः सबै गाउ“ विकास समितिमा जाने सरकारी अनुदानको तुलनामा आन्तरिक आय प्राय शुन्य रहेको अवस्थामा आन्तरिक आय बढाउन गाविसका सचिवहरुले राखेको प्रस्ताव स्थानीय राजनीतिक दलका नेताहरुले नमानेको सचिवहरुले गुनासो गरेका छन् ।
शुक्रबार बेसीशहरमा सम्पन्न भएको लमजुङका ६१ वटै गाउ“ विकास समितिहरुको बार्षर्िक समिक्षा गोष्ठीमा गाउ“ विकास समितिका सचिवहरुले यस्तो बताएका हुन् । गोष्ठीमा गाविसहरुको आन्तरिक आय कम भएको विषयमा छलफल हुदा सचिवहरुले राजनीतिक दलका प्रतिनिधिहरुले असहयोग गर्दा गाविसको आन्तरिक आय बृद्धि गराउन नसकिएको बताएका हुन् । गाविसले जनतालाई सेवा दिएबापत लिने सिफारिस, मालपोत कर लगायतका शुल्क बृद्धि गर्न आफूहरुले चाहे पनि राजनीतिक दलका प्रतिनिधिले नमानेको उनीहरुले बताए ।
स्थानीय स्वायत्त शासन ऐन अनुसार गाविसहरुले आन्तरिक आय बृद्धि गराउन विभिन्न किसिमका करहरु लगाउन पाउने नियम छ । विगत धेरै बर्षयता मालपोत कर समेत बृद्धि नभइरहेको अवस्थामा त्यस्ता करको दर केही बढाउने र अन्य दस्तुरहरु समेत उठाएर गाविसको विकास निर्माणमा खर्च गर्न पाइने प्राबधान रहे पनि त्यसो हुन नसक्दा र सरकारी अनुदानमा मात्र भर पर्दा गाविसहरुले विकासका ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।
समीक्षा गोष्ठीमा लमजुङमा गत आथिर्क बर्ष २०६९/०७० मा जिल्लाका ६१ वटै गाउ“ विकास समितिहरुले २५ लाख २५ हजार रुपैया“ मात्र आन्तरिक आम्दानी गरेका छन् । अघिल्लो बर्षो तुलनामा यो आम्दानी धेरै भए पनि जति हुनु पर्ने हो त्यति नभएको बताइन्छ । अघिल्लो बर्ष गाविसहरुले १० लाख रुपैया“ मात्र आन्तरिक आम्दानी गरेका थिए । 
जिल्लाभरमा बढी आन्तरिक आम्दानी गर्ने गाविसहरुमा बेसीशहर, भोटेवडार, सुन्दरबजार, गाउ“शहर छन् भने कम आम्दानी गर्नेमा भलायखर्क, अर्चलबोट, नेटा, नाल्मा, कुन्छा लगायतका छन् । 
गोष्ठीमा गत आर्थिक बर्ष लमजुङका गाविसहरुले २१ करोड ६ लाख रुपैया“ अनुदान पाएको बताइएको थियो । जसमा २० करोड ५० लाख ५८ हजार रुपैया“ मात्र खर्च भएको छ भने नौ लाख ७५ हजार तीन सय रुपैया“ बेरुजु रहेको छ । विभिन्न योजनाका लागि गाविसबाट रकम लगेर फस्र्यौट नगरेका कारण बेरुजु देखिएको हो । जिविसले काम भएको भए फस्र्यौट गराउन र रकम लिएर पनि काम नभएको पाइएमा असुल उपर गर्न सचिवहरुलाई निर्देशन दिइएको स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले बताउनुभयो । समीक्षा गोष्ठीमा विभिन्न लक्षति बर्ग अर्न्तत छुट्टएिको बजेट यस बर्ष पनि वितरण मुखी भएको गुनासो आएको थियो । 
समिक्षा कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले भ्रष्टाचार विरुद्ध शुन्य शहनशीलताको नीति लिएर काम गर्न गाविसका सचिवहरुलाई निर्देशन दिनुभएको थियो । राज्यको नीति नियम लागू गराउन गाविसका सचिवहरुको महत्वपर्ुण्ा भुमिका हुने उहा“ले बताउनुभयो । 
स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरे, नेकपा एमाले लमजुङका सचिव कृष्णप्रसाद अधिकारी, नेकपा माओवादीका जिल्ला सदस्य विजय गुरुङ, राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठ, सहभागी सचिवका तर्फाट कोल्की/इलमपोखरी गाविसका सचिव जीवाखर शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । 

No comments:

Post a Comment