प्रवीण वाग्ले
बेसीशहर साउन २९
लमजुङ सदरमुकाम बेसीशहरमा विगत डेढ बर्षेखि बन्द रहेको अन्नपर्ूण्ा चलचित्र मन्दिर शुक्रबारबाट सञ्चालनमा आएको छ ।
बेसीशहरका चार जना उत्साही युवाहरुले जर्ीण्ा चलचित्र घरलाई पुननिर्माण गरी अन्तराष्ट्रिय स्तरको बनाएर सञ्चालन गरेका हुन् । बेसीशहरका कृष्णजंग गुरुङ, प्रदिप बस्नेत, अमरजंग गुरुङ र गजेन्द्र श्रेष्ठले भुपाल दनाई र प्रकास दनाईको स्वामित्वमा रहेको चलचित्र घर भाडामा लिई त्यसलाई नया“ रुप दिएर सञ्चालनमा ल्याएका हुन् ।
झण्डै एककरोड रुपैया“ खर्च गरी ती उत्साही युवाहरुले चलचित्र घरमा नया“ प्रबिधि जडान गरेका छन् । उनीहरुका अनुसार चलचित्र घरमा सेभेन इन वान डिजिटल प्रविधि जडान गरिएको छ । फिल्म देखाउने डिजिटल प्रोजेक्टर र स्टील मनिटरको ब्यवस्था गरिएको छ भने चलचित्र घर पुरै वातानुकुलित-एयर कण्डिसन युक्त) छ । चलचित्र घरभित्र बस्ने कर्ुर्सर्ीी समेत आरामदायी र चिया तथा कोकाकोला लगायतका पेय पदार्थ राख्न मिल्ने गरी डिलक्स र भिआइपी बनाइएको छ । त्यसैगरि परिवार बसेर हर्ेन मिल्ने क्याविन, चिया, कफिका लागि क्याफे र खाजा खान मिल्ने क्यान्टीनको ब्यवस्थाका साथै हलबाहिर सुरक्षित पार्किङको ब्यवस्था मिलाइएको छ ।
कूल २ सय ७७ जनाले एकसाथ चलचित्र हर्ेन सक्ने सो चलचित्र घरको शुक्रबार एक समारोहका बीच बेसीशहर नगर विकास समितिका नवनियुक्त अध्यक्ष जीवन कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । उहा“ले सो अवसरमा सदरमुकाममा मनोरञ्जनका लागि एउटै पनि चलचित्र घर सञ्चालन नभइरहेको अवस्थामा उत्साही युवाहरुको सक्रियताले बेसीशहर बासीलाई थप मनोरञ्जन प्रदान गर्ने बताउनुभयो ।
उद्घाटनको दिनदेखि सो चलचित्र घरमा भारतीय नम्बर एक अभिनेता शाहरुख खानको प्रमुख भूमिका रहेको चलचित्र चेर्न्नई एक्सप्रेस पर््रदर्शन भइरहेको छ । उद्घाटनकै दिनदेखि चलचित्र हर्ेर्नेहरुको घुइ“चो लाग्न गालेको छ । सञ्चालकहरुका अनुसार अबदेखि अन्नपर्ूण्ा चलचित्र घरमा दैनिक तीन शो सञ्चालन हुनेछ ।
No comments:
Post a Comment