लमजुङ जिल्लाका सबै ६१ वटै गाउ“ विकास समितिमा आफ्नो सेवा विस्तार गरी वित्तिय सेवा प्रदान गर्दै आएको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष०६९/०७० मा झण्डै तीन करोड मुनाफा गर्न सफल भएको छ ।
सहकारी संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी गत आर्थिक बर्षा २ करोड ९६ लाख ६२ हजार ३ सय ४६ रुपैया ४६ पैसा खुद नाफा भएको जानकारी दिएको हो । गत आर्थिक बर्षम्म संस्थाको ३१ करोड ७८ लाख ८ हजार ९ सय शेयर पु“जी रहेको र ३५ करोड ६० लाख १८ हजार ४३ रुपैया निक्षेप रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यस्तै सो अवधिमा संस्थाले ४८ करोड ४४ लाख ४६ हजार ९ सय ५१ रुपैया ऋण लगानी गरेको कृषक जागरण सहकारी संस्थाका कार्यकारी निर्देशक राम बस्नेतले बताउनु भयो ।
सहकारीले गएको आर्थिक बर्षभत्र मात्र १ अर्ब ३३ करोड ४६ लाख ४३ हजार ६ सय ३२ रुपैया रेमिटेन्स भित्राउन सफल भएको दावी गरेको छ । संस्थामार्फ आएको रेमिटेन्स जिल्लाका विभिन्न स्थानमा रहेको शाखा कार्यालयहरुमार्फ सेवाग्राहीको घर दैलोमा भुक्तानी गरिएको कार्यकारी निर्देशक बस्नेतले बताउनुभयो । त्यस्तै सहकारीले आर्थिक बर्ष०६८/०६९ मा भन्दा गत बर्ष०६९/०७० मा ९३ लाख ३१ हजार ४ सय २१ रुपैया बढी नाफा गर्न सफल भएको छ । त्यसैगरि संस्थाले लद्युबित्त मार्फ सामुहिक जमानीमा २० करोड भन्दाबढी लगानी गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राम बस्नेतले बताउनु भयो ।
सहकारी यति सफल हुनुमा संचालक समितिको सक्रियता, लगानी गर्न कन्जुस्याई नगर्नु र ग्राहकहरुको संस्थाप्रतिको विश्वास रहेको पत्रकार सम्मेलनमा बताइएको थियो । संस्थाले जिल्लाको विभिन्न स्थानमा पशुपालन, कृषि तथा ब्यबसायमा लगानीगरी युवाहरुलाई स्वरोजगार बनाउने अभियान संचालन गर्नुको साथै विगत दर्ुइ बर्षेखी लघुवित्त समुहमा आवद्ध सदस्यका छोराछोरीलाई प्रवेशिका परीक्षामा उत्कृष्टताका आधारमा छात्रबृत्ति समेत प्रदान गर्दै आएको जनाइएको छ । २०५६ सालमा २५ जनाले १/१ सय रुपैया संकलनगरी बेसीशहरमा स्थापना भएको कृषक जागरण अहिले जिल्लामा नीजि क्षेत्रबाट संचालित वित्तिय संस्थाहरुमा सबै भन्दाबढी कारोवार गर्ने र मूनाफा आर्जन गर्ने नीजि क्षेत्रको वित्तीय संस्था भएको छ । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राम बस्नेतले कृषक जागरण सहकारी गण्डकी अंचलमै पहिलो नम्बरको सहकारी भएको दावी गर्दै राष्ट्र बैकलाई अनुगमन गर्न आग्रह गर्नु भयो ।

No comments:
Post a Comment