scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 13, 2013

पिंगल छन्द प्रतिष्ठानमा आपसी विवाद

बेसीशहर, साउन २९ । लमजुङको साहित्य क्षेत्रमा छुट्टै पहिचान र अलग्गै पहिचान लिएर उदाएको पिंगल छन्द प्रतिष्ठान आपसी विवादमा रुमल्लिएको भन्दै साहित्यप्रमीहरुले चिन्ता जाहेर गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी र सदस्यहरुबीचको आपसी असमझदारी र एकलकाटे पनले संस्थाको अस्तित्व नै धरापमा पर्न  थालेको भन्दै साहित्यप्रेमीहरुले संस्थाको विवाद मिलाएर संस्थालाई गतिशील बनाउन आग्रह गरेका छन् ।
संस्था स्थापना भएको केही समयपछि नै संंस्थाका पदाधिकारी र सदस्यहरुबीच कतिपय कुरामा विवाद हुन थालेकोमा गत असार २९ गते २ सय औं भानु जयन्त मनाउने क्रममा विवाद छताछुल्ल भएको हो । सोही क्रममा संस्थाका पदाधिकारीहरुबीच विगतदेखिको मनमुटावले घनीभूत हुने मौका पाएको प्रतिष्ठानका सदस्यहरु बताउ“छन् । प्रतिष्ठानको आयोजनामा भएको भानु जयन्तीमा संस्थाका अध्यक्ष श्रीकृष्ण न्यौपानले भानुको तस्वीरको सट्टामा ब्यानरमा आफ्नै तस्वीर राखेको र भानुभक्तको कृतित्व र ब्यक्तित्वका लागि आफर््र्नै छोरा श्याम विक्रमलाई समीक्षा गर्न लगाएकोमा अन्य पदाधिकारी तथा सदस्यहरुले विरोध जनाएका हुन् । साथै केही पदाधिकारीहरुले संस्थामा अध्यक्षले आफै मात्र एकल निर्ण्र्ाागर्ने, छन्द प्रशिक्षणका लागि समेत आफू मात्रै जाने गरेको भन्दै विरोध जनाएका छन् । 
संस्थामा विरोध आएपछि अध्यक्षले एकल रुपमा कार्य समिति भंग गरी पछिल्लो पटक पुनः कसैलाई खबर नगरी आफू निकटका सदस्यहरुलाई मात्र राखेर कार्य समिति बनाएको आरोप पनि कतिपयले लगाएका छन् ।
संस्थामा विशेष गरी अध्यक्ष श्रीकृष्ण न्यौपाने, उपाध्यक्ष बासुदेव थापा र महासचिव रमेशचन्द्र अधिकारीबीचको टकराव रहेको एक सदस्यले बताए ।

No comments:

Post a Comment