scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

१० बर्षा देशको गरिबी हर्टाई देशलाई धनी बनाउनेे डा. भट्टर्राईको दावी

बेसीशहर ११ भदौ
बेसीशहर- एकीकृत नेकपा माओवादीका वरीष्ठ नेता एवं पर्ूव प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले एमाओवादीलाई प्रष्ट बहुमत दिएर पठाएमा १० बर्षा मुलुकमा कायपलट गरेर देखाइदिने दावी गर्नुभएको छ ।
योङ कम्युनिष्ट लिग -वाइसिएल) लमजुङको तेस्रो जिल्ला सम्मेलनको शनिबार बेसीशहरमा उद्घाटन गर्दै भट्टर्राईले ४० बर्षभत्र नेपाललाई विश्वकै धनी राष्ट्रको सूचिमा पुर्‍याउने लक्ष्य सुनाउभु भयो । एमाओवादीले निर्माण गर्न लागेको संविधानसभाको घेाषणा पत्रमा १० बर्षभत्र देशको गरिबी निवारण गर्ने, २० बर्षभत्र मुलकुलाई मध्यमस्तरको विकासमा पुर्‍याउने र ४० बर्षभत्र विश्वकै धनी मुलुकको सूचिमा उभ्याउने विषय समेटन लागिएको उहा“ले जानकारी दिनुभयो । पर्ूव प्रधानमन्त्री समेत रहेका भट्टर्राईले देशको सबैभन्दा ठुलो समस्या गरिबी र बेरोजगारी रहेकाले त्यसको अन्त्यका लागि जल, जमिन, जंगलको अधिकतम उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । देश विकासका लागि नेपालमा विदेशी लगानी पनि भित्रनु पर्ने भन्दै भट्टर्राईले विदेशी लगानीले विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
सो अवसरमा बोल्दै नेता भट्टर्राईले तोकिएको मितिमै अर्को संविधानसभाको निर्वाचन हुने दावी गर्नुभयो । भट्टर्राईले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा नेकपा माओवादी सहितका ३३ दललाई पनि सहभागी हुन आग्रह गर्नुभयो । आगामी निर्वाचनमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि एमाओवादीलाई विजयी गराउन उहा“को आग्रह थियो ।
योङ कम्युनिष्ट लिग लमजुङका संयोजक तथा केन्द्रीय सदस्य रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य पारसमणी पौडेल, देवेन्द्र पराजुली, वाइसिएल तमुवान संयोजक दिपक कोइराला , एमाओवादी तमुवान राज्य समितिका सदस्य मधु अधिकारी लगायतका वक्ताहरुले मन्तब्य 
राख्नुभएको थियो ।
जिल्ला सम्मेलनले सुनिल सुनारको अध्यक्षतामा वाइसिएल लमजुङको नया“ जिल्ला कमिटी गठन गरेको छ । 
२११ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा दीपक तामाङ र गंगा हिमाली सचिवमा चन्द्रकान्त न्यौपाने र कोषाध्यक्षमा शिव थापा चयन हुनु भएको छ ।

No comments:

Post a Comment