जिल्ला विकास समिति लमजुङले न्यूनमत शर्तमापन तथा कार्य सम्पादन मूल्याङ्कन -एमसीपीएम)मा ७१ अंक प्राप्त गरी देशभरका जिल्लामध्ये ११ औं स्थानमा रहन सफल भएको छ ।
लमजुङका स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले यस्तो जानकारी गराउनु भएको हो । गौतमका अनुसार स्थानीय निकाय वित्तिय आयोगले गत साउन ८ गते प्रकाशित गरेको नतिजा अनुसार जिविस लमजुङले सो अंक प्राप्त गरेको हो । यस अनुसार अब जिविस लमजुङले यस बर्षो बजेट २५ प्रतिशतले बृद्धि भइ आउने र कर्मचारीहरुलाई १ लाख २५ हजार पुरस्का प्राप्त हुने जानकारी दिनुभयो । यस अघि जिविस लमजुङले ६७ अंक मात्र पाएकोमा जिविसले बढी अंकको दावी गरी पठाएपछि अंक बृद्धि भएको हो । गौतमले ७१ अंक मा पनि आफूहरुको चित्त नबुझको बताउनुभयो । अघिल्लो बर्षजिविस लमजुङले कार्यसम्पादन मापनमा ६६ अंक पाएको थियो ।
स्थानीय विकास अधिकारी गौतमले गाविसहरुको हकमा भने जिल्लाका ६१ वटामध्ये सदरमुकाम बेसीशहर लगायतका १० वटा गाविसहरु न्यूनतम शर्त पनि पुरा गर्न नसकी अनुत्तर्ीण्ा भएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment