scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 13, 2013

एकीकृत नेकपा माओवादी चुनावी तयारीका लागि गाउ“ दौडाहामा

बेसीशहर, साउन २९ ।
एकीकृत नेकपा माओवादी चुनावी तयारीका लागि गाउ“ दौडाहामा निस्किएको छ ।
संविधानसभाको निर्वाचनको तयारीका लागि जनतासंग सम्बन्ध सुदृढ गर्ने उद्देश्यले एमाओवादीले चुनावी दौडाहासंगै घरदैलो अभियान शुरु गरेको हो । पार्टर्ीी केन्द्रीय तहका नेतादेखि राज्य समिति र जिल्ला समितिका नेताहरु समेत दौडाहामा सामेल भएका छन् । उनीहरुले देशको समसामयिक राजनीतिक अवस्था, संविधानसभाको दोस्रो निर्वाचन, एमाओवादीले खेलेको भूमिका लगायतका विषयमा जनतालाई जानकारी गराइरहेका छन् । यस पटकको निर्वाचनमा पनि एमाओवादीलाई पहिलो पार्टर्ीीे रुपमा स्थापित गर्न नेता कार्यकर्ताहरुले जनतासंग आग्रह गरिरहेका छन् । उनीहरुले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका लागि एमाओवादी प्रतिबद्ध रहेको भन्दै यस विषयमा विभिन्न स्थानमा अन्तरक्रिया र छलफल चलाएका छन् ।
चुनावी अभियानको दौरानमा एमाओवादीले आफ्नो पार्टर्ीीे संगाठानिक अवस्था, एमाओवादी छोडेर नेकपा-माओवादीमा गएका कार्यकर्ताहरुको अभिलेख समेत संकलन गरिरहेको छ । नेताहरुले आफू गएको अवस्थामा पार्टर्ीी अन्य पार्टर्ीीे अवस्थाका बारेमा समेत अध्ययन गरिरहेका छन् । उनीहरुले आगामी निर्वाचनका लागि सम्भावित उमेदवारहरुको नाम समेत माग गरेको बताइएको छ ।
एमाओवादी चुनावी मैदानमा उत्रिए पनि लमजुङमा राप्रपा नेपाल बाहेक अन्य राजनीतिक दलहरुलाई भने निर्वाचन त्यति लागेको देखिएको छैन । चुनाव हुने नहुने आशंका कायमै रहेका कारण अन्य दलहरु चुनावी दौडाहमा नलागेको बताइन्छ । यद्यपी नेपाली कांग्रेसले भने आगामी भदौको पहिलो सातादेखि गाउ“ गाउ“मा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाएको छ । हालैका दिनमा मात्र जिल्लाका सबै ६१ वटै गाउ“ विकास समितिमा गाउ“ सम्मेलन सम्पन्न गरेर फर्केको नेपाली कांग्रेसले गाउ“मा आफ्नो स्थिति अन्य पार्टर्ीीे भन्दा निकै सृदृढ रहेको बताएको छ । चुनावका लागि लमजुङमा सबै भन्दा बढी राप्रपा नेपाल तयार भएको देखिएको छ । राजावादी पार्टर्ीीनि चिनिने राप्रपा नेपालले भने उमेदवार नै सिफारिस गरी केन्द्रमा पठाइसकेको   छ ।

No comments:

Post a Comment