scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 13, 2013

संविधानसभा निर्वाचनको विरोधमा माओवादी

बेसीशहर, साउन २९ ।
 यथास्थितिमा संविधानसभाको निर्वाचन असम्भव रहेको भन्दै आन्दोलनमा उत्रिएको नेकपा-माओवादीले लमजुङका विभिन्न स्थानमा संविधान सभाको निर्वाचन र राष्ट्रिय स्वाधीनताको विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ ।
पछिल्लो चरणमा चन्द्रेश्वर र नौथरमा नेकपा- माओवादीले कार्यक्रमको आयोजना गरी पार्टर्ीीे कुराहरु जनतामाझ राखेको छ । सविधानसभाको निर्वाचन यथास्थितिमा सम्भवै नहुने उद्घोष गरेको सो पार्टर्ीी निर्वाचनका लागि वर्तमान निर्दलीय सरकार खारेज हुनुपर्ने र चैत्र १ को कदम खारेज हुनुपर्ने माग अघि सारेको छ । यसका लागि विभिन्न साना ३३ दलको मोर्चा बनाएर नेकपा-माओवादी आन्दोलनमा उत्रिएको छ । 
संविधानसभा निर्वाचनका लागि पार्टर्ीीे धारणा राख्न, आन्दोलनबारे जानतालाई जानकारी गराउन आयोजित ती कार्यक्रममा केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोहनहरि पौडेल, वैकल्पिक केन्द्रीय सदस्य तथा र्सहईन्चार्ज बुद्धिराम गुरुङ लगायतका नेताहरु खटिएका थिए । उनीहरुले आन्दोलनको आवश्यकता र पार्टर्ीीे कार्यदिशाका बारेमा जानकारी गराएका थिए ।
चन्द्रेश्वरमा वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गोलमेच सम्मेलन, सो सम्मेलनमार्फ राष्ट्रिय सहमतिको सरकार र सोही सरकारमार्फ संविधानसभाको निर्वाचन गर्नुपर्ने पार्टर्ीीे धारणाबारे जानकारी गराइएको थियो । निर्दलीय वर्तमान सरकारले निर्वाचन गनै नसक्ने भन्दै त्यसका लागि दलहरुकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा पौडेलसहित राज्य समितिका सदस्य जनक महतारा संकेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उता नौथरमा आयोजित कार्यक्रममा केन्द्रीय सल्लाहकार ऋषिराम पैडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य बुद्धिराम गुरुङले आन्दोलनको औचित्य प्रष्ट पार्ने विषयमा सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम जिल्ला सेक्रेटरी अविरल न्यौपानेको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment