scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 13, 2013

जिल्ला फुटवल संघको अध्यक्ष पुनः विश्व पौडेल

बेसीशहर, साउन २९ ।
लमजुङ जिल्ला फुटवल संघको तेस्रो जिल्ला अधिवेसनले पुनः विश्व पौडेलको अध्यक्षतामा १५ सदस्य नया“ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा गोविन्द वस्नेत, जीवनचन्द्र गुरुङ, ओमलाल गुरङ, महासचिवमा कृष्णजंग गुरुङ र कोषाध्यक्षमा सिजन श्रेष्ठ चयन हुनुभएको छ । अखिल नेपाल फुटवल संघ -एन्फा)का केन्द्रीय सदस्य रत्नकुमार शाक्यको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भेषवहदाुर पौडेल, वेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण वहादुर अधिकारी,  मर्स्याङदी युवा क्लवका पर्ुव अध्यक्ष प्रवीण कायस्थ लगायत, जिल्लाका विभिन्न क्लवमा आवद्ध युवाहरुको उपस्थिति थियो ।

No comments:

Post a Comment