बेसीशहर ११ भदौ
लमजुङको सदरमुकाम रहेको बेसीशहर गाविस लमजुङको २९ औं खुला दिसमुक्त गाविस घोषित भएको छ । बेसीशहरलाई आइतबार एक समारोहका विच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
बेसीशहरस्थित जिविसको सभाहलमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले गाविसलाई खुला दिसामुक्त घोषणा गर्नुभएको हो । बेसीशहर खुला दिसामुक्त घोषणा भएका लमजुङका गाविसमध्ये २९ औं गाविस हो ।
घोषणा गरिनु अघि मनाङे चौताराबाट सरसफाई सम्बन्धी विभिन्न नारा लगाउ“दै र विभिन्न प्लेकार्ड, व्यानर बोकेको पञ्चेवाजा सहतिको र्यालीले वेसिशहर बजार परिक्रमा गरेको थियो ।
बेसीशहर गाविसमा रहेका २ हजार १ सय २६ घरधुरी मध्ये एक सुरक्षति शौचालय निर्माण हुन बा“की एकसय २३ घरधुरीमा पक्की शौचालय निर्माण भएपछि गाविसलाई एक समारोहबीच खुला दिसामुक्त घोषणा गरिएको हो । यस अघि गाविसका एक सय २३ घरमा कच्ची शौचालय रहेको र शौचालय नै नभएका ५६ घर धुरीसमेतले पक्की शौचालय निर्माण गरेपछि खुला दिसामुक्त घोषणा गरिएको हो ।
यसबाहेक विभिन्न कामले सदरमुकाम आउनेहरुलाई खुला शौचक्रिया गर्न नपरोस भनि तीन स्थानमा र्सार्वजनिक शौचालयको पनि निर्माण गरिएको छ । बेसीशहरको सेराबाट झिंगेखोला हुदै मालपोत कार्यालय जाने बाटोमा, मनाङे चौतारामा र सहजी बसपार्कमा र्सार्वजनिक शौचालय निर्माण गरिएको छ । ती शौचालयको ब्यवस्थापनको जिम्मा सम्बन्धित क्षेत्रका आमा समूहलाई दिइएको छ ।
वर्ल्ड भिजन लमजुङ एडीपीको सहयोग र महिला आपसी सहयोग केन्द्र भारतेको ब्यवस्थापनमा बेसीशहरलाई खुला दिसामुक्त घोषण गरिएको हो । यस अभियानमा बेसीशहरका ७३ घर परिवारलाई शौचालय निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गरिएको बताइएको छ ।
बेसीशहर गाविसका सचिव तथा गाविसस्तरीय मूल सरसफाई स्वच्छता समितिका संयोजक पद्मबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न घोषणा सभामा स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरे, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल, बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर अधिकारी, नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका उपसभापति नारायाण प्रसाद घिमिरे, महिला आपसी सहयोग केन्द्र भारतेका अध्यक्ष धनकुमारी गुरुङ लगायतले सरसफाईका विषयमा केन्द्रीत रही मन्तब्य राख्नुभएको थियो ।

No comments:
Post a Comment