scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, August 22, 2013

निर्वाचन भन्दा पनि सहमति आवश्यक छः माओवादी सचिव विप्लव

बेसीशहर, भदौ ४ गते ।
बेसीशहर- नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले संविधानसभाको निर्वाचन भन्दापनि देशका राजनीतिक शक्तिहरुबीच सहमति आवश्यक रहेको बताउनुभएको छ । राजनीतिक दलहरुबीच सहमति नभएकै कारण अघिल्लो संविधानसभा विघटन भएको दृष्टान्त दिदैं चन्दले अब पनि सहमति बेगर निर्वाचनमा जानु प्रतिगमन हुने टिप्पणी गर्नुभयो ।
शनिबार बेसीशहरमा क्रान्तिकारी पत्रकार महासंघ लमजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता चन्दले अहिले उच्च स्तरीय संयन्त्रमा रहेको चार दल र खिलराज सरकारले भनेजस्तो निर्वाचनले देशका समस्या समाधान नहुने जिकिर गर्नुभयो । निर्वाचनले समाधान दिनको सट्टा देशलाई झन् संकटतर्फलैजाने भन्दै चन्दले संंक्रमणलाई उल्टो फर्काउने र गलत समाधान खोजिएकोमा असन्तुष्टी ब्यक्त गर्नुभयो । निर्वाचनमार्फ देशलाई सिक्किमीकरण गर्ने खतरा रहेको उहा“ले औंल्याउनुभयो ।
नेता चन्दले अब चार दल र सरकारले गर्ने भनिएको संविधान सभाको निर्वाचनको कुनै आवश्यकता नरहेकोले जबर्जस्ती निर्वाचन गर्न खोजिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार चार दल हुने चेतावनी दिनुभयो ।  संविधानका अन्तरवस्तुमा सहमति नभै गरिने निर्वाचनको प्रतिरोध गरिने भन्दै चन्दले त्यतिबेला राज्यले गर्ने दमनप्रति आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो । चार दल र नेकपा-माओवादी सहितका ३३ दलबीच भइरहेको वार्तामा जति गम्भिरता हुनुपर्ने हो त्यति नभएको भन्दै सचिव चन्दले शासकहरुको बुद्धि बेलैमा फेरिएन भने अनिष्ट हुने संकेत गर्नुभयो ।
नेकपा-माओवादी निर्वाचनको विरोधी नभएको स्पष्ट पार्दै उहा“ले देशलाई निकास दिन प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच उच्चस्तरको नया“ सहमति आवश्यक रहेको चर्चा गर्नुभयो ।  उहा“ले कांग्रेसले भनेजस्तो प्रजातन्त्र र कम्युनिष्टहरुले भनेजस्तो जनगणतन्त्रले देशको हित नहुने भएकाले अब नया“ सिराबाट नेपाल सुहाउदो प्रजातन्त्रको मोडेल निकाल्नु पर्नेमा जोड दिनुभयो ।  अहिले माओवादी विपीकै विचारबाट अघि बढ्का हुन् भन्दै चन्दले अहिले माओवादीले विपीकै  एजेण्डा उठाउदा कांग्रेसले आपत्ती जनाएकोमा असन्तुष्टि जनाउनुभयो ।

No comments:

Post a Comment