२४ बर्षेखि पहिरोको जोखिममा रहेको भोजेको वडा नंं ४ र ५ । पहिरो बढ्दै गाउसम्मै पुगेको छ । कुनै पनि बेला पहिरोले गाउ“ तान्न सक्छ । |
भोजे गाउ“ भन्दा माथिबाट खिचिएको तस्वीर । यो गाउ“को पुछारबाट पहिरो गएको छ । तस्वीर सौजन्यः अनुगमन टोली |
बेसीशहर, भदौ ४ गते ।
विगत २४ गतेदेखि निरन्तर पहिरोको जोखिममा बा“च्न बाध्य लमजुङको भोजे गाउ“ विकास समिति वडा नंं ४ र ५ का बासीन्दालाई पुनर्वास गराउनु पर्ने त्यहा“ पुगी प्रारम्भिक अध्ययन गरी आएको निरीक्षण टोलीले जनाएको छ ।
पहिरोले गाउ“ नै वगाउने सन्त्रासमा बा“चीरहेका लमजुङको भोजे गाउ“का बासीन्दाले आफूहरुलाई पुनर्वासको ब्यवस्था गरिदिन सरकारसंग आग्रह गरेपछि पहिरो निरीक्षण र अध्ययन गर्न एक सरकारी टोली खटिएको थियो । भू तथा जलाधार संरक्षण विभागका भर्ूगर्भविद दीलिप सडौलाको नेतृत्वमा गएको सरकारी टोलीले प्रारम्भिक अध्ययन पछि बेसीशहर फर्केपछि यस्तो बताएको हो ।
बुधवार जिल्ला प्रशासन कार्यालय लमजुङमा आयोजना गरिएको एक कार्यक्रममा पहिरो अध्ययन गरी फर्केको टोलीले तत्कालका लागि पहिरो रोकथामको केही उपाय गर्न सकिए पनि दर्ीघकालीन रुपमा गाउ“लेहरुलाई अन्यत्र र्सार्नु पर्ने आफ्नो निचोड सुनाएको थियो । टोलीले ३ दिनसम्म पहिरोको निरीक्षण तथा अध्ययन गरेको थियो ।
टोली संयोजक सडौलाका अनुसार पहिरोले स्थानीय ६ घरपरिवार विस्थापित भएका छन् भने थप ६ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । कूल ५८ घरका ३ सय परिवारलाई प्राभावित पार्ने गरि २४ बर्षेखि निरन्तर बग्दै आएको पहिरो अहिलेपनि खसिरहेको छ । पहिरो निकै ठूलो रहेकोले क्षेत्रफल एकीन गर्न नसकिएको र यसका लागि विस्तृत अध्ययन नै गरिनुपर्ने उहा“को भनाइ छ । । पहिरोको बारेमा इलेक्ट्रीकलर् सर्भे चाहिने सडौलाले बताउनुभयो । उहा“ले भन्नुभयो- "ठूलो स्केलको म्यापिङ गरेर पहिरोको अध्ययन गर्नुपर्छ, जियोलोजिकल्ली म्यापिङ गरेर पहिचान गर्न सकिए पहिरोको सवै अवस्था बारे थाह पाउन सकिन्छ ।" यसको लागि उच्चस्तरीय अध्ययन टोली खटाउन उहा“ले सुझाव दिनुभयो ।
पहिरोका कारण गाउ“को विच विचमा केही घरहरु चर्केका, कसैको घरको आ“गनमा खाल्टो बनेको, पि“ढीहरु भासिएको पाइएको सडौलाले बताउनुभयो । गाउ“को अवस्था देखेर आफूहरुले धाराको पानी आवश्यकता भन्दा बढी नखोल्न, खेतहरुमा पानी धेरै जम्मा हुन नदिन आग्रह गरेको टोलीका सदस्यहरुले बताए । धान रोपिएको खेतमा पानी धेरै जम्मा समेत थप पहिरो जाने अवस्था रहेकोले थप र्सतर्कता अपनाउन आग्रह गरिएको उनीहरुले बताए ।
टोलीमा भूर्र्-गर्भविद् दिलिप सडौलासंगै विपद् व्यवस्थापन शाखाका अधिकृत लक्ष्मीप्रसाद बास्कोटा, भू तथा जलाधार संंरक्षण विभागका इन्जिनियर दिपक भारद्वाज, शहरी विकास मन्त्रालयका इन्जिनियर तुलसी बस्नेत, भूसंरक्षण कार्यालय लमजुङका प्रमुख दिवाकर मास्के, जिल्ला विकास समितिका इञ्जिनियर महेश अधिकारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल चन्द्रभान गुप्ता, भूसंरक्षण कार्यालयका प्राविधिक सहायक आनन्दराज अधिकारी, भोजे गाविसका सचिव टेकनारायण तिवारी लगायत सहभागी थिए ।
टोलीले आफ्नो निष्कर्षहितको प्रतिवेदन एक महिनाभित्रमा मन्त्रालयमा बुझाउने टोलीप्रमुख सडौलाले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
पहिरो पीडितलाई राहत
यसैबीच पहिरो पीडित भोजेबासीलाई जिल्ला प्रशासन कार्यालय लमजुङले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयले पहिरोबाट पीडित भई विस्थापित भएका ६ घर परिवारलाई राहत स्वरुप प्रति घरपरिवार २० हजार प्रदान गरेको हो । जिल्ला दैवी प्रकोप उद्दार कोषबाट उनीहरुलाई राहत दिइएको हो । जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत गंगाबहादुर घलेसहितको टोलीले पहिरो पीडित गाउ“लेहरुलाई गाउ“मै गएर राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहत पाउनेमा भोजे गाविस वडा नंं ४ का तर्ीथमाया गुरुङ, गम्बु गुरुङ, वडा नंं ५ का खरबहादुर गुरुङ, टंकबहादुर गुरुङ, उमरबहादुर गुरुङ र मैखु गुरुङ हुनुहुन्छ ।
No comments:
Post a Comment