scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 3, 2013

छैंटौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा प्रवचन गोष्ठी सम्पन्न

बेसीशहर भदौ १८ ।
छैंटौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बेसीशहरस्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले प्रवचन गोष्ठी सम्पन्न गरेको छ ।
"एक गाउ“ एक पुस्तकालय, एक बिद्यालय एक पुस्तकालय" भन्ने मुल नाराका साथ मनाइएको छैटौं राष्ट्रिय  पुस्तकालय दिबसका अवसरमा आयोजित गोष्ठी स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले  समाज रुपान्तरणका लागि पुस्तकालयले महत्वपर्ूण्ा भूमिका खेल्ने बताउनुभयो ।
पुस्तकालयको महत्व दिनानुदिन बढ्दै गएको भन्दै गौतमले"एक गाउं एक पुस्तकालय, एक बिद्यालय एक पुस्तकालय" भन्ने नारालाई लमजुङ जिल्लामा पनि सञ्चालन गर्नका लागि पहल गरिएको जानकारी दिनुभयो । जिल्ला बिकास समितिको बाषिर्क समिक्षा गोष्ठीमा पुस्तकालय सम्बन्धि नीतिगत निर्ण्र्ाागरिएको जानकारी उहा“ले सो अवसरमा दिनुभयो ।
कार्यक्रममा बोल्दै शिक्षाविद् डा पर्ूण्ाकान्त अधिकारीले अझै पनि पुस्तकालयको महत्व बारे चेतना फैलाउन नसकिएको भन्दै गुणस्तरीय शिक्षाका लागि पुस्तकालयको महत्वबारे चर्चा गर्नु     भयो ।
कार्यक्रममा लक्ष्मीनाराण सामुदायिक पुस्चतकालय मातहात गठन भएको पाठक मञ्चको आयोजनामा मदन पुरस्कार विजेता उपन्यास सेतो धर्तीको समीक्षा पनि गरिएको थियो । साहित्यकार वेनु सुयेलले पुस्तकको समीक्षा गर्नुभएको थियो । सोही अवसरमा पाठक मञ्च लमजुङका अध्यक्ष सह-प्राध्यापक बिनोद न्यौपानेले "पुस्तकालयको बिकास क्रमः लक्ष्मीनारायण सामुदायिक पुस्तकालय समीक्षा" नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सचिब आनन्द घिमिरे, जिल्ला शिक्षा कार्यलयका देबराज पौडेल, बेसीशहर गाउ“ विकास समितिका सचिब भेषबहादुर राना, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिब राजु थापा, रुम टु रिडका दिपक पण्डित, पुस्तकालयका पर्ूब उपाध्यक्ष तर्ीथराज न्यौपाने, बालबिकास समन्वय समिति लमजुङका अध्यक्ष नारायण बहादुर सुयेंल लगायतका वक्ताहरुले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो भने महासचिब शालीग्राम अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

No comments:

Post a Comment