बेसीशहर, साउन २९ ।
बेसीशहर- दर्ुइ दशक अघिदेखि गाउ“देखि तल खसेको पहिरोले पीडित हुदै आएका लमजुङको भोजे गाउ“ विकास समितिका बासीन्दाहरुले आफूहरुलाई पुनर्वासको ब्यवस्था गरिदिन सरकारसंग आग्रह गरे पछि पहिरो निरीक्षणका लागि सरकारी टोली फेरि खटिएको छ ।
पहिरोका कारण भोजे गाविसको वडा नंं ४ र ५ का ६ घरपरिवार विस्थापित भैसकेका छन् भने बा“की घर पनि पहिरोको सन्त्रासका कारण विस्थापित हुने अवस्थामा छन् । सो गाविसको वडा नम्बर ५ का मैखु गुरुङ, टेकबहादुर गुरुङ, खरबहादुर गुरुङ, गम्बू गुरुङ, उमरबहादुर गुरुङ र वडा नम्बर ४ की तर्ीथमाया गुरुङको परिवार विस्थापित भइसकेको छ । त्यस्तै वडा नम्बर ४ का कुशबहादुर गुरुङ, धनबहादुर गुरुङ, वडा नम्बर ५ का मुक्तसिंह गुरुङ, मनजंग गुरुङ, कामीबहादुर गुरुङ र बौद्धप्रसाद गुरुङको परिवार समेत आंशिक रुपमा विस्थापित भएको बताइएको छ । विगत बर्षेखिकै सन्त्रासमा बा“चेका गाउ“लेहरु हालैका बषर्ाका कारण थप त्रस्त भएका हुन् ।
विस्थपित परिवार र अन्य गाउ“लेहरुको एक टोलीले पहिरोका कारण गाउ“ पुरै जोखिममा परेको भन्दै गाउ“लेहरुलाई पुनर्बास गराउन प्रमुख जिल्ला अधिकारीमार्फ सरकारसंग आग्रह गरेको थियो । सो टोलीले काठमाण्डौंमा समेत गएर समस्या अवगत गराएपछि सरकारले विशेषज्ञसहितको प्राविधिक टोली भोजेमा खटाएको बताइएको छ ।
वन तथा भूसंरक्षण मन्त्रालयका भर्ूगर्भविद दीलिप सडौलाका नेतृत्वमा विशेषज्ञसहितको प्राविधिक टोली पहिरोको अध्ययन तथा निरीक्षणका लागि आएको हो । टोलीमा गृहमन्त्रालय विपद ब्यवस्थापन शाखाका शाखा अधिकृत लक्ष्मीप्रसाद बास्कोटा, भूसंरक्षण विभागका इन्जिनिर दीपक भारद्वाज, शहरी विकास मन्त्रालयका इन्जिनियर तुलसी बस्नेत, जलउत्पन्न प्रकोप क्षेत्रीय कार्यालय पोखराका प्रमुख धु्रबराज पौडेल, प्राविधिक टुकनारायण ढुंगाना, जिल्ला भूसंरक्षण कार्यालय लमजुङका प्रमुख दिवाकर मास्के, जिल्ला प्रशासन कार्यालयका लेखापाल चन्द्रभान गुप्ता जिविस लमजुङका प्राविधिक महेश अधिकारी, भोजे गाविसका सचिव टेकरानारयणतिवारी लगायत छन् ।
सो टोलीले पहिरोको अध्ययन गरी गाउ“ जोखिममा रहे नहरेको बारेमा प्रतिवेदन मन्त्रालयमा बुझाउने छ । पहिरोले स्थानीयका सयौं रोपनी खेतवारी र स्थानीय चरागाउ“, कुम्लुङ, पसगाउ“ लगायतका गाउ“मा जाने बाटो समेत बगाएको गाउ“लेहरुले बताएका छन् । पहिरोकै कारण केही बर्षअघि स्थानीय र्सर्ुय ज्योति प्राथामिक विद्यालय नै बगाएको थियो । भोजे गाउ“को फेदमा रहेको ख्युमर खोलावाट शुरु भएको पहिरो बढ्दै गएको र अहिले गिलुङ टक्सारतर्फो भेगसम्म चेप्न थालेको गाउ“लेहरुले बताए ।
No comments:
Post a Comment