साउन २९ ।
काठमाण्डौं- छोराको हत्याराको हातमा हतकडी नदेख्दासम्म आमरण अनसन नछाड्ने अडानमा रहेका गोरखाका एक दम्पतीको स्वास्थ्य स्थिति चिन्ताजनक भएको छ ।
वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि राखिएका उनीहरुले शुरुमा उपचार गर्न नमानेपछि अवस्था चिन्ताजनक भएको हो । चिन्ताजनक अवस्थामा पुगेका उनीहरुको जबर्जस्ती उपचार गराइएको हो । शुक्रबारबाट उनीहरुकोे मुटुको धड्कन र रक्तचाप घट्न थालेपछि जीउ सुन्निनुका साथै होस समेत हराएपछि अस्पतालका चिकित्सकहरुले बेडमा मर्न दिनुभएन भनी स्लाइन चढाएर राखेका छन् ।
स्लाइनबाटै उनीहरुलाई ग्लुकोज, भिटामिन बी कम्प्लेक्स, एन्टिबायोटिक औषधी दिइएको छ । शरीरमा प्रोटिन र भिटामिनको कमीले उनीरुको शरीर शिथिल भइसकेको चिकित्सकहरुले बताएका छन् ।
न्याय माग्दामाग्दै बुवा-आमा यस्तो अवस्थामा आइसक्दा पनि सरकारले बेवास्ता गरेको दम्पतीका छोरा नूरप्रसादले गुनासो गर्नु भएको छ । भाइको हत्यामा संलग्न आठ जनामध्ये हालसम्म कसैलाई पनि पक्राउ नगरेको उहा“ले जानकारी दिनुभयो । आफ्ना बुवा-आमाले न्यायका लागि हा“सीरहा“सी मृत्युलाई स्वीकार्ने प्रण गर्नुभएको नुरले बताउनुभयो । उहा“ले भन्नुभयो- "आमा-बुवाले मरेपछि आफ्नो शव माओवादी नेता तथा पर्ूव प्रधानमन्त्री बाबुराम भट्टर्राई र अलिअलि बा“की रहेको सम्पत्ति सरकार र चार पार्टर्ीीई बा“डेर दिनू भन्नुभएको छ ।"-नुरले भन्नुभयो । आमरण अनसनपछि मर्ने अवस्थामा पुग्दा पनि सरकारले माग पुरा गर्नेतर्फकुनै चासो नराखेपछि नुरले बाबु आमाकोर् इच्छा अनुसार बाबु आमाको शब भट्टर्राईलाई बुझाउने बताउनुभएको छ । सरकारी वेवास्ताका कारण बाबु आमालाई केही भएमा भट्टर्राई लगायतका नेतालाई कारबाही गराउन आफू पनि जीवनभर लड्ने प्रण उहाले गर्नुभएको छ ।
गोरखाको भुजेल गाविस वडा नं. ७ का कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवनमा हत्या भएकोमा हत्यामा संलग्नलाई कारबाही गराउन मृतकका बृद्ध बाबु नन्दप्रसाद र आमा गंगामाया आमरण अनसनमा बसेका हुन् । उनीहरुका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी चरम यातना दिई हत्या गरेका थिए ।
मृतक अधिकारीका दाजु नुरप्रसाद अधिकारीका अनुसार हजुर आमा र हजुरबालाई भेट्न गाउ“ गएका बेला कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले अपहरण गरेका थिए । अपहरण पछि चरम यातनाका साथ मरणासन्न हुने गरी कुटपीट गरेपछि चितवनको टा“डीमा उनीमाथि गोली हानिएको थियो । यस घटना विरुद्ध अधिकारीको परिवारले त्यस घटनामा संलग्न विरुद्ध किटानी जाहेरी दिएकामा परिवारलाई नै ज्यान मार्ने धम्की आएपछि अधिकारी परिवार २०६४ साल पुस १० गतेदेखि गाउ“ छोडेर भागेका थिए ।
न्यायको खोजीमा निस्केका अधिकारी परिवारको आवाज सरकारले सुनेको छैन । विगतको सरकारले जस्तै अहिलेको सरकारले पनि उनीहरुको आवाजलाई दवाउने प्रयास गरेको भन्दै अधिकारकर्मी र पेशाकर्मीहरु समेत आन्दोलित हुन थालेका छन् ।
छोराका हत्यारालाई पक्राउ गरी कारबाही गर्न आग्रह गर्दा अघिल्लो सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले ृअधिकारी दम्पत्तीलाई पटक पटक प्रहरी लगाएर हिरासतमा थुन्न लगाउनुका साथै नजरबन्दमा समेत राखेका थिए । पछि उनीहरुलाई पागल भन्दै मानसिक अस्पतालसम्म पठाइएको र आफूलाई समेत न्याय माग्दा पटक पटक हिरासतमा लगेर थुनिएको मृतकका दाइ नुरले बताउनुभयो ।
आमरण अनसनमा बसेर विरामी परेका अधिकारी दम्पतीको स्वास्थ्य अवस्थाले यतिबेला राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न मानवअधिकारकर्मीहरुको ध्यान आकृष्ट गरेको छ । उनीहरुले अधिकारी दम्पतीले न्याय नपाए विरोधमा उत्रिने उद्घोष समेत गरेका छन् । आयोगले अधिकारीको हत्याको अनुसन्धान अघि बढाउन सरकारलाई निर्देशन गरेको छ । आयोगको आदेश सरकारलाई बाध्यकारी हुने भए पनि सरकारले सुनेको छैन । आयोगले २०६५ साल चैत २३ गते दोषी उपर फौजदारी अभियोगमा कारबाही चलाउन सरकारलाई सिफारिस गरेको भए पनि त्यतिबेलाको सरकारले समेत वेवास्ता गरेको आयोगले जनाएको छ । आयोगल गत साउन २३ गते गृहमन्त्री माधवप्रसाद घिमिरेलाई डाकेरै अनुसन्धान प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको थियो । तर गृहमन्त्री घिमिरेले २०६३ साल जेठ २९ गते तत्कालीन सरकारले सशस्त्र द्वन्छकालीन मुट्टाहरुमा कारवाही अघि नबढाउने निर्ण्र्ाागरेको उल्लेख गर्दै अनुसन्धान अघि बढाउन कानुनी जटिलता रहेको जवाफ दिए पनि आयोग भने सन्तुष्ट भएको छैन ।
आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मन्त्रीपरिषदको सो निर्ण्र्ाााई आधार बनाएर आरोपित व्यक्ति उपर अनुसन्धानसमेत रोक्ने काम कानुन सम्मत नहुने भन्दै पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभएको छ । यसैबीच अधिकारकर्मी, चिकित्सक, शिक्षक र कानुन व्यवसायीका अगुवाहरुले घटनाको अनुसन्धानको माग गर्दै साउन २२ गते वीर अस्पतालको आकस्मिक कक्ष बाहिर उभिएर सांकेतिक विरोध पर््रदर्शन गरेका थिए ।
अधिकारकर्मी सुदीप पाठकले पनि सरकारले हत्याराहरुलाई पक्राउ गरी कानुनी कारवाही गरे आफूहरु विविध चरणका कार्यक्रम लिएर आउने चेतावनी दिनुभयो । नेपाल वार एशोसिएसनका महासचिव सुनिल पोखरेलले पनि सशस्त्र व्रि्रोहताका कुनै पक्षमा नरहेका निहत्था र निर्दोष मानिसका हत्यारालाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
पेशाकर्मी तथा अधिकार्रकर्महरुले न्याय खोज्दा पीडित भएका परिवारले राज्यका अंगद्वारा दर्ुर्व्यवहार र यातना खेप्नु परेकाले पनि आफूहरुलाई पीडावोध गराएको बताएका छन् ।
No comments:
Post a Comment