बेसीशहर भदौ १८
नेपाल सरकारले चालु आर्थिर्क बर्षका लागि जिल्ला विकास समिति र गाउ“ विसका समितिहरुबाट कार्यान्वयन हुने कार्यक्रम र बजेटको अख्तियारी पठाएको जिल्ला विकास समिति लमजुङले जनाएको छ ।
जिविस लमजुङले हाले गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा स्थानिय विकास अधिकारी विष्णुदत्त गौतमले पा“च वटा गाविसले अख्तियारी मागिसकेकाले छिट्टै पठाउने जानकारी दिनुभयो । यस बर्षको अख्तियारीमा जिल्लाबाट बर्साई“ सरेर जानेको संख्या बढेका कारण बजेटमा पनि ६० देखि ६५ लाख रुपैया“ घटेर आएको जानकारी दिदैं जनघनत्वका कारण सदरमुकाम बेसीशहर गाविसमा बजेट बढेर चालिस लाख रुपैया“को आएको उहा“ले बताउनु भयो ।
गौतमले एलजिसीडिपीको बजेट नआएको खण्डमा विकास निर्माणमा प्रभाव पर्ने बताउनुभयो । जिविसमा चालु आर्थिक बर्षा लागि साना झोलुंगे पुल शिर्षमा ४० लाख, सि“चाईमा ४० लाख, कृष िसडकका लागि पु“जीगत तर्फ२१ लाख र चालु तर्फएक करोड १० लाख रुपैया“ बजेट आउने गौतमले जानकारी दिनुभयो ।
त्यसैगरि सामाजिक सुरक्षाको रकम तर्फगत बर्ष भन्दा झण्डै एककरोड घटेर ८ करोड ७८ लाख आएको बताइएको छ । गौतमले सामाजिक सुरक्षाको रकम नपुगभएमा मन्त्रालयबाट थप मागिने जानकारी दिनुभयो । अघिल्लो बर्षआएको बजेट खर्च हुन नसकी फिर्ता गएकाले यसपाली घटाएर पठाएको बताउनुभयो ।
स्थानीय विकास अधिकारी गौतमले यस बर्ष देखि न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याङकन एमसिपीएममा अनुत्तर्ीण्ा जिल्लाका लागि पनि क्षमता अभिबृद्धिका लागि भन्दै मन्त्रालयले ३० लाख रुपैया“ थप बजेट दिने ब्यवस्था गरिएकाले विगतमाझैं एमसिपिएममा उत्तर्ीण्ा भै थप बजेट आउने जिल्लाको बजेट घटन गएको बताउनुभयो । गत बर्षजिविस लमजुङले एमसिपिएममा ७१ अंक पाइ थप २५ प्रतिशत बजेट आउने बताइएको थियो । अहिलेको नया“ ब्यवस्थाले लमजुङमा आउने भनिएको बजेट घटन पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कार्यक्रममा गौतमले नया“ ब्यवस्थाका कारण जिविस लमजुङको बजेट ७० लाखसम्म घटन सक्ने अनुमान गर्नुभयो । गत आर्थिक बर्षा जिविस लमजुङमा १ करोड ४५ लाख रुपैया“ स्वीकृत भई बजेट आएकोमा यस बर्षघटेर १ करोड ३९ लाख मात्र आउने बताइएको थियो । गाविस अनुदानको रकमको निकासा जिविसमा आइसकेकाले भदौभित्रै गाविसलाई निकासा गरिने कार्यक्रममा बताइयो ।
पत्रकार सम्मेलनमा जिविस लमजुङका योजना अधिकृत अञ्जन न्यौपाने, कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल लगायतको उपस्थिति थियो ।
No comments:
Post a Comment