बेसीशहर भदौ २५
नेपाल रेडक्रस सोसाइटीको मानवीय सेवाका ५० बर्षतथा ५१ औं नेपाल रेडक्रस दिवसकोे अवसरमा समुदायसंग अझ नजिक भन्ने नाराका साथ लमजुङ जिल्लामा विभिन्न कार्यक्रम गरी रेडक्रस स्थापना तथा स्वर्ण्र्ाायन्ती बर्षमनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङमा नेपाल रेडक्रस सोसाइटीको झण्डोत्तोलन गरी र्र्यार्लीको आयोजना गरिएको थियो । र्याली जिल्ला शखाबाट बजार परिक्रमा गर्दै मर्स्याङदी बहुमुखी क्याम्पसमा पुगी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । नेपाल रेडक्रस सोसाइटी लमजुङका सभापति गणेशप्रसाद नेउपाने को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम भण्डारी को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा युवा रेडक्रस र्सकलका प्रतिनिधि, जुनियर रेडक्रस र्सकल मस्यार्ड्दी बहुमुखी क्याम्पसका शिक्षक नायक विनोद नेउपाने, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि बाबुराम बराल, जिल्ला शाखा मन्त्री यज्ञ प्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी ले रेडक्रसको मानविय सेवामा ५० बर्षपुगेको र आगमी दिनहरुमा पनि मानवीय सेवाको लागि सदैव अगाडी बढोस भन्ने शुभकामनाका व्यक्तगर्नुभएको थियो ।
रेडक्रस दिवश तथा स्वर्ण्र्ाायन्ती वर्षो उपलक्ष्यमा मस्याड्दी बहुमुखी क्याम्पसको प्रांड्गणमा रेडक्रस सन्देश र प्रचार प्रसारको लागि उच्च मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत संम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला भित्रका ९ उच्च माविको सहभागिता थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने क्रमशः वीरभक्ति उमावि तार्कुघाट, श्री मर्स्याङदी बहुमुखी क्याम्पस वेसीशहर, विद्या विकास उच्च मावि बेसिशहरलाई क्रमशः ५०००, ३००० र २००० हजार नगद पुरस्कार दिइएको थियो ।
No comments:
Post a Comment