दुरा सेवा समाजका संरक्षक क्याप्टेन एवम् दोस्रो विश्वयुद्धका योद्धा क्याप्टेन बखानसिंह दुराको ९९ वर्षो उमेरमा पोखरामा निधन भएको छ ।
स्वर्गिय दुरा तत्कालीन ब्रिटिस इन्डियाको तर्फबाट बर्मा, इटली, मलेशियालगायतका मुलुकहरूमा दोस्रो विश्वयुद्धमा सहभागी हुनुभएको थियो । सैनिक सेवाबाट निवृत्त भएपछि उहा“ समाजसेवामा होमिनु भयो । २०२५ सालमा लमजुङको तत्कालीन रत्नदेवी गाउ“ पञ्चायतको कार्यवहाक प्रधानपञ्च बनेर समाजसेवामा संलग्न हुनुभएको थियो ।
उहा“ स्वच्छ छवि भएको निस्वार्थी समाजसेवीको रूपमा परिचित हुनुहुन्थ्यो । शाहवंशीय राजसंस्था स्थापना भएको ऐतिहासिक स्थल सिंदुरे ढुङ्गाको उत्थान तथा विकास एवम् त्यहा“स्थित फूटबल मैदान निर्माणमा क्याप्टेन बखानसिंह दुराको महत्वपर्ूण्ा भूमिका रहेको थियो । अल्पसंख्यक दुरा समुदायको पहिचान र इतिहास खोज्ने कार्यमा पनि उहा“को अतुलनीय योगदान रह्यो । दुरा सेवा समाजले उहा“को निधनमा गहिरो शोक प्रकट गरेको छ । लमजुङ सिंदुरे गाविस-५, भा“गु, दुराडा“डा घर भएका क्याप्टेन बखानसिंह दुरा स्वास्थ्यको कारण श्रीमती तथा छोरी-बुहारीका साथमा विगत एक दशकभन्दा लामो समयदेखि पोखरामा बस्दै आउनुभएको थियो ।

No comments:
Post a Comment