लमजुङ, २१ भदौ ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङको आज सम्पन्न वैठकले आगामी निर्वाचनका लागि दुवै निवर्ँचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचन तर्फा लागि क्षेत्रीय कमिटीले सिफारिस गरेक उमेदवारहरुको नाम अनुमोदन गरेको छ ।
बुधवार दुवै क्षेत्रीय कमिटीले प्रत्यक्ष निर्वाचनका लागि ३-३ जना उमेदवार सिफारिस गरेका थिए । जस अनुसार क्षेत्र नं. १ मा केन्द्रीय सदस्य टुका हमाल, जिल्ला अध्यक्ष धनञ्जय दवाडी र पर्ूव जिल्ला कमिटी अध्यक्ष जमीन्द्रमान घले रहनु भएको छ । त्यस्तै क्षेत्र नं. २ का लागि पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, जिल्ला कमिटीका उपाध्यक्ष गुमानसिंह अर्याल र अनेमसंघका जिल्ला अध्यक्ष लक्ष्मी अधिकारीको नाम सिफारिस गरिएको थियो ।
यसै गरि जिल्ला कमिटीको आजको वैठकले लमजुङ क्षेत्र नं. १ बाट समानुपातिक तर्फो निर्वाचनका लागि गण्डकी अञ्चल कमिटीका सचिव मायानाथ अधिकारी, सदस्य, फूलबहादुर थापा सहित जिल्ला कमिटीका सचिवालय सदस्य नन्दराम विश्वकर्मा, धनसिंह तामाङ र भीमबहादुर गुरुङको नाम सिफारिस गरेको छ । क्षेत्र नं. २ का लागि भने सहमति हुन नसकेकाले सिफारिस हुन सकेको छैन । शनिबार बिहान वैठक बसेर क्षेत्र नं. २ का उमेदवारहरुको नाम पनि टुंगो लगाइने नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो ।
No comments:
Post a Comment