बेसीशहर, असोज ८
जिल्ला प्रशासन कार्यालय लमजुङले आफूसंग भएका इजाजतप्राप्त हतियार बुझाउन गरेको आग्रह अनुसार लमजुङमा जम्मा ८४ जनाले मात्र आफ्ना हतियार प्रहरीमा बुझाएका छन् । आगामी संविधानसभा निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले आफूसंग रहेका इजाजतप्राप्त हतियार नजिकको प्रहरी इकाइमा असोज ६ सम्म बुझाउन आग्रह गरेको थियो । प्रशासनका अनुसार लमजुङमा करीब १ हजार १ सयले इजाजत लिएर नीजि हतियार राखेका छन् । तीमध्ये कतिपय हतियार द्वन्द्धका क्रममा लुटिएका हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोध अनुसार हतियार संकलन नभए पछि अब के गर्ने भन्ने बारे छलफल भइरहेको बताइएको छ । यद्यपी हतियार बुझाउन चाहनेहरुलाई अझै पनि समय दिइने प्रशासनले जनाएको छ । संकलन भएका हतियार संविधानसभाको निर्वाचन सकिएको ७ दिनपछि सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment