scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 25, 2013

निर्वाचनको तयारीस्वरुप लमजुङमा निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना

बेसीशहर, असोज ८
बेसीशहर- आउदो मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचन नजिकदै गर्दा लमजुङमा निर्वाचन सम्बन्धी गतिविधीहरु तीब्र भएका छन् । निर्वाचनको तयारीस्वरुप लमजुङमा निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिएको छ ।
दर्ुइ वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा दुवै क्षेत्रका लागि निर्वाचन अधिकृत खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जस अनुसार जिल्ला न्यायधीश जगत नारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । प्रधानलाई क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत तोकिएको छ । त्यसैगरि क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतमा सूचना तथा सञ्चार मन्त्रालयका कानुन अधिकृत फडिन्द्र गौतमलाई तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला विकास समितिको पुरानो भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो कार्यालयको मुख्य निर्वाचन अधिकृत प्रधानले हालै उद्घाटन गर्नुभयो । प्रधानले कार्यालयको साइनबोर्ड टा“स गरेर कार्यालय स्थापना भएको घोषणा गरिएको थियो । 
कार्यालय उद्घाटनका अवसरमा मुख्य निर्वाचन अधिकृत प्रधानले निर्वाचनलाई शान्तिपर्ूण्ा, निष्पक्ष, रभयरहित तवरले सम्पन्न गर्न आफूहरुको प्रयास रहने बनुभयो । निर्वाचनलाई सफल र फलदायी बनाउनु सबैको कर्तब्य हुने भन्दै प्रधानले राजनितिक दल र सुरक्षा निकायसंगपनि समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा अबस्था मजबुत बनाउने र दलहरुलाई आचारसहिताको पालना गराउनतर्फआफूहरु छिट्टै लाग्ने जानकारी सो अवसरमा दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि दुवै निर्वाचन अधिकृतले आफ्नो काम शुरु गर्नुभएको बताइएको छ । कार्यालयमा आवश्यक दरबन्दी र कार्यालयमा अवाश्यक पर्ूवाधारको काम भइरहेकोले छिट्टै कामले गति पाउने उहा“को भनाइ थियो ।
सो अवसरमा बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले  निर्वाचनलाई भयरहित रुपले सम्पन्न गराउन सुरक्षा तयारी पर्यप्त उपलब्ध गराइने बताउनुभयो । निर्वाचन सफल बनाउन सबै पक्षको उत्तिकै सहयोग रहने भन्दै निर्वाचनको वातावरण बनाउन सबैमा आग्रह गर्नुभयो ।
सो अवसरमा स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, प्रहरी नायव उपरिक्षक गोरखसिंह भण्डारी, नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरे, एमाओवादी तमुवान राज्य समितिका सदस्य राजु थापा, नेपाली  नेकपा एमाले लमजुङका कार्यालय सचिव सिंहबहादुर थापा, राप्रपा लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष शंकरराज विष्ट, अखण्ड नेपाल पार्टर्ीी अध्यक्ष रामचन्द्र अर्याल लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरुलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment