scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 25, 2013

रेडियो भोटेओडार ९०.८ मेगाहर्जको साताव्यापी कार्यक्रमका साथ बाषिर्कोत्सव सम्पन्न

भोटेओडार, असोज ८
भोटेओडार- जागरण सामुदायिक सूचना तथा सञ्चार सहकारी सस्ंथा लि.द्वारा गत बर्षाट प्रसारणमा आएको रेडियो भोटेओडार ९०.८  मेगाहर्जले साताव्यापी कार्यक्रमका साथ बाषिर्कोत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुुख जिल्ला अधिकारी बाबुराम भण्डारीले सञ्चार माध्यमले जनतालाई सत्य तथ्य रनिष्पक्ष सूचना दिनुपर्ने बताउनुभयो । आग्रह पर्ूवाग्रह राखेर समाचार तथा सूचना प्रसारण गर्दा त्यसले समाजमा नकरात्मक प्रभाव पार्ने भएकाले त्यसतर्फसचेत रहन उहा“ले आग्रह गर्नुभयो । प्रजिअ भण्डारीले आगामी मंसीर ४ गते हुने संबिधान सभाको निर्बाचन सफल पार्न सञ्चार माध्यमहरुको सकरात्मक भूमिका हुने विश्वास ब्यक्त गर्नुभयो । रेडियोको जेष्ठ शेयर सदस्य प्रेम बहादुर कु“वरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै रेडियोका अध्यक्ष हर्रि्रसाद अधिकारीले समाज रुपान्तरणमा रेडियोहरुको भूमिका महत्वपर्ूण्ा रहने बताउनुभयो ।
कार्यक्रममा एनेकपा माओवादी तमुवान राज्य समितिका सदस्य एवं क्षेत्र नं. २ का संयोजक मधु अधिकारी, एनेकपा माओवादी भोटेओडार गाउ“ कमिटीका अध्यक्ष मुरारी भुजेल, नेकपा एमाले भोटेओडार गाउ“ कमिटिका अध्यक्ष प्रेम जिसी, सामुदायिक सेवा केन्द्र भोटेओडारका अध्यक्ष द्वारिका मिश्र, रेडियो नेपालका कार्यक्रम संयोजक अमरध्वज लामा, रेडियोका प्राविधिक सल्लाहाकार सन्तोष पौडेल, पत्रकार महासंघ लमजुङका सचिव नवीनराज कुइकेल, रेडियो चौतारीका प्रवन्धक कृष्ण प्रसाद अधिकारी, भक्ति नमूना उमाविका सहायक प्र.अ. यज्ञराज घिमिरे, लमजुङ पर्यटन सहकारी अध्यक्ष तथा उद्येाग वाणिज्य संघ लमजुङका निर्वतमान अध्यक्ष प्रमोद कुमार श्रेष्ठलगायतले मन्तब्य राख्नु भएकेा थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक गोरखसिंह भण्डारीलगायतको पनि उपस्थिति थियो । कार्यक्रममा संस्थाको आयव्यय कोषाध्यक्ष बसन्तराज खनालले प्रस्तुत गर्नुभएको थियो । बाषिर्कोत्सव समारोहमा इमान्तारिता पर्ूवक आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै रेडियोका प्राविधिक प्रमुख रविन्द्र लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हर्रि्रसाद अधिकारीको अध्यक्षतामा भएको  गरेको छ ।
संस्थाका अध्यक्ष हरि प्साद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment