बेसीशहर, भदौ १८
बेसीशहर- नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले राजनीतिक स्थिरतापछिट मात्र आर्थिक विकासको भाषण नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
लमजुङ उद्योग बाणिज्य संघको २७ औं बाषिर्क साधारणसभाको शनिबार बेसीशहरमा उद्घाटन गर्दै बैद्यले संविधान निर्माण र आर्थिक विकासको कुरालाई संगसंगै लैजानु पर्नेमा जोड दिनुभयो । देशको राजनीति र आर्थिक विकासको कुरा फरक फरक नभएको बरु एक अर्कासंग जोडिएका विषय भएकाले दुवैलाई संगै लैजानु पर्ने उहा“को भनाई थियो । राजनीतिक स्थायीत्व नहुदा देश असफल राष्ट्र बन्न लागेको संकेत गर्दै अध्यक्ष बैद्यले राजनीतिक समस्या हल भएपछि मात्र विकासको कुरा गर्ने हो भन्ने कुरा नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभयो । देशबाट लाखौं जनशक्ति रोजगारीको लागि विदेशिएको प्रसंग उल्लेख गर्दै बैद्यले सबै जनशक्ति विदेश पलायन भएपछि देशको विकास कसले गर्ने भन्ने प्रश्न गर्नुभयो ।
बैद्यले सबै नेपालीको चाहना देशमा छिटो संविधान निर्माण, स्थायी शान्ति, र आर्थिक विकास होस भन्ने हो भन्नुभयो ।
अध्यक्ष वद्यले मुलुकको आर्थिक विकासका लागि सबै राजनीतिक दलहरुबीच न्यूनतम सहमति बन्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सबै राजनीतिक दलहरुसंग कुराकानी भएको भन्दै उहा“ले आर्थिक मुद्दालाई अघि नबढाए राजनीतिले मात्र देश अघि नबढ्ने ठोकुवा गर्नुभयो । देशको आर्थिक अबस्था र विकासकाबारे महासंघको स्पष्ट धारणा बनिसकेको भन्दै उहा“ले यस विषयमा राजनीतिक दलहरुलाई जानकारी गराइएको बताउनुभयो ।
देशभरका १० जिल्लामा १ गाउ“ १ उत्पादनको कार्यक्रम अगाडि बढाइएको भन्दै बैद्यले सरकारस“गको सहकार्यकमा झण्डै ३० करोड सो कार्यक्रमका लागि लगानी भएको जानकारी दिनुभयो । सो कार्यले विदेशिन मन भएका हजारौं युवाहरुलाई आफ्नै गाउ“मा बसेर काम गर्न र ब्यसाय गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।
अध्यक्ष बैद्यले लमजुङमा जलविद्युत, कृष,ि पर्यटन, जडिबुटीको अथाह सम्भावना रहेको चर्चा गर्दै यसको अध्ययन गर्न महासंघको टोली केही समयमै लमजुङ आउन लागेको पनि जानकारी दिनुभयो ।
लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका सदस्य दीपक लम्साल, एमाओवादी तमुवान राज्य समितिका सदस्य राजु थापा, नेपाली काग्रेस लमजुङका सभापति कृष्ण कोइराला, नेकपा एमाले लमजुङका उपाध्यक्ष गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम छिमेकी जिल्लाका उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । साधारण सभामा संघका कोषाध्यक्ष गुणराज सिलवालले संघको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभाले विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।

No comments:
Post a Comment