बेसीशहर, भदौ १८
बेसीशहर- फेरि पनि मजदुर आन्दोलनका कारण एकसातादेखि बन्द रहेको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको निर्माण कार्य सोमवारदेखि फे सिुचारु भएको छ ।
सरकारी दररेट भन्दा ३० प्रतिशत तलब हुनुपर्ने, दशैं पेश्कीबापत एक महिनाका तलब थप पाउनु पर्ने लगायतका विभिन्न मागहरु राखेर त्यहा“ कार्यरत नेपाली मजदुरहरु एकसाता देखि आन्दोलनमा उत्रेपछि आयोजना पर्ूवाधार निर्माणका काम बन्द भएको थियो । आइतबार आयोजना र मजदुरहरुबीच सहमति भएपछि आयोजनाको काम सोमबारदेखि सुचारु भएको बताइएको छ ।
आयोजनाका ब्यवस्थापनसंग मजदुरहरुले यस अघिदेखि नै विभिन्न मागहरु राख्दै आए पनि आयोजनाले माग सुनुवाई नगरेको भन्दै मजदुरहरु आन्दोलनमा थिए । गत बैशाख र साउनमा पनि उनीहरुले आयोजना ब्यवस्थापनलाई एकहप्ते अल्टिमेटम दिई आन्दोलन गरेका थिए । तर ब्यवस्थापनले सुनुवाई नगरेको भन्दै उनीहरुले गत बुधवारबाट काम बन्द गरेका थिए ।
माथिल्लो मर्स्याङदी ए मा चिनीया कम्पनी सिनो हाइड्रो र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानी छ । सिनो हाइड्रोको ९० र सगरमाथा पावर कम्पनीको १० प्रतिशत सेयर छ । यो आयोजनाको पर्ूवाधारको काम एक बर्षघिदेखि शुरु भएको हो । हाल पर्ूवाधारको काम भइरहेको आयोजनाको र्सार्वजनिक सुनुवाई पुनः गर्न यस अघि स्थानीय बासीन्दाले आग्रह गर्दै त्यसो नगरे काम चल्न नदिने चेतावनी दिएका थिए ।
५० मेगावाट क्षमताको यो आयोजनामा हाल चारसय मजदुरले काम गरिरहेका छन् । जसमध्ये नेपाली मजदुरहरु २ सयको हाराहारीमा छन् । आयोजनाले चिनीया मजदुरलाई धेरै तलब दिएको र आफूहरुको तलब कम भएको गुनासो गर्दै आएका छन् ।
कूल १० अर्बको लागतमा ५ बर्षभत्र निर्माण कार्य सक्ने लक्ष्यका साथ शुरु भएको माथिल्लो मर्स्याङदी ए आयोजनमा अहिले सुरुङ र प्रशासकीय एवं आवास भवनको काम भइरहेको छ । निर्माणकार्य भईरहेको छ । आयोजना रन अफ द रिभर प्रविधिमा बन्न लागेको हो ।

No comments:
Post a Comment