बेसीशहर, भदौ १८
सरकारी सेवा प्रदायक कार्यालय र सेवाग्राही जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउन र सेवाग्राहीहरुको छिटो छरितो गरी उनीहरुलाई सन्तुष्ट बनाउन लमजुङका सबै सरकारी कार्यालयहरुमा शिष्टाचार अभियान लागू गरिने भएको छ।
सेवाग्राहीलाई सेवा छिटो छ, बोलीबचन पनि मीठो छ,, कार्यालय आउ“छु समयमै, तोकिएकै पोषाकमा दिनदिनै, हाम्रो कार्यालय चटक्कै, फोहर नगरौं पटक्कै, श्रोत साधनको सदुपयोग, सकेसम्म रोकौं दुरुपयोग, जति ह“सिलो मुहार, त्यति अनुशासित छ ब्यवहार लगायतका शिष्टाचार बाणीहरु अब सबै कार्यालयहरुले ब्यवहारमै लागू गर्ने भएका छन् ।
दशौं निजामति दिवसको सर्न्दर्भमा जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको अध्यक्षतामा सोमबार बसेको कार्यालय प्रमुख र निजामति क्षेत्रका विभिन्न ट्रेड युनियनहरुको संयुक्त वैठकले गत बर्षेखि शुरु गरिएको शिष्टाचार अभियान यस बर्षाट सबै कार्यालयमा लागू गर्ने निर्ण्र्ाागरेको हो । अघिल्लो बर्षजिल्ला प्रशासन कार्यालयले शुरु गरी अन्य कार्यालयलाई पनि लागू गर्न निर्देशन गरे पनि सबै कार्यालयमा यो शिष्टाचार लागू हुन सकेको थिएन । यस बर्षशिष्टाचार अभियानलाई अनिवार्य गरिएको छ ।
वैठकमा आगामी २१ भदौमा पर्ने निजामति दिवसका अवसरमा कार्यालयमा आइपुग्ने पहिलो सेवाग्राहीलाई फूलमालाले सम्मान गर्ने निर्ण्र्ाागरिउको छ । त्यस्तै कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता, विरामीहरुलाई फलफूल वितरण लगायतका कार्यक्रम वैठकले तय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment