भोटेओडार, असोज ८
आगामी संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले गाउ“ गाउ“मा विभिन्न कार्यक्रमहरु शुरु गरेको छ । यसै क्रममा तार्कुघाट र धमिलिकुवा गाउ“ कमिटीको संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य टुका हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी अञ्चाल समन्वय कमिटीका सदस्य जमीन्द्रमान घले, कार्यालय सचिव सिंहबहादुर थापा, क्षेत्र नम्वर १ का संयोजक भीमबहादुर गुरुङ, जिल्ला कमिटीका सदस्य बिष्णु वि.क, लगायतको उपस्थिति रहेको थियो ।
नेकपा एमाले तार्कुघाट गाउ“ कमिटीका अध्यक्ष चिजकुमार श्रेष्ठको अध्यक्षतमा भएको भेलामा आगामी निर्वाचनमा लमजुङका दुवै क्षेत्रमा एमालेलाई जिताउने विषयमा छलफल भएको थियो ।
यसैबीच नकपा एमालर्ेर् इलाका नंं ३ को प्रशिक्षण भेला सुन्दरबजारमा सम्पन्न भएको छ । जिल्ला कमिटिका उपाध्यक्ष गुमानसिं अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिवालय सदस्य लोकराज पाण्डे, लक्ष्मी अधिकारी, क्षेत्र नम्बर २ का अध्यक्ष योगेेन्द्र नारायण शााह, उप सचिव बिरेन्द्र गुरुङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा इलाका नं ३ का सबै गाविसका एमालेका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment