यही आउदो मंसिर ४ गते हुने भनिएको संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली चलचित्रका चर्चित कलाकारहरु पनि उठ्ने चर्चा चलिरहेको छ । विभिन्न राजनीतिक दलहरुले पनि निर्वाचनमा आफ्नो पार्टर्ीीई जिताउन कलाकारहरुको साहारा लिइरहेको चर्चा चलिरहेकै बेला कलाकारहरु स्वयं पनि राजनीतिमा आउन चाहेको विभिन्न सञ्चार माध्यममा छाउन थालेको छ ।
यसैक्रममा कतिपय कलाकारलाई सम्बन्धित पार्टर्ीी सिफारिस गरेको बताईएको छ भने कति सिफारिसकै रक्सारक्सीमा छन् ।
सिफारिस गर्ने लिस्टमा पहिलो निर्माता रोज राणा परेका छन् । रोजलाई प्यूठानको क्षेत्र नम्बर २ बाट उठाउन नेपाली का“ग्रेसको क्षेत्रीय समितीले सिफारिस गरेको चर्चा चलिरहेको छ ।
यस्तै नेपाली कांग्रेसको नेपाली चलचित्रमा महानायक र विद्वान नायकको उपाधि पाएका अभिनेता राजेश हमालको नाम पनि सिफारिस हुने हल्ला चलिरहेको छ । यस्तै केही समय अघि एमाले प्रवेश गरेका अर्का लोकप्रिय अभिनेता भुवन केसी पनि निर्वाचनमा उठ्ने चर्चाले ब्यापकता पाइरहेको छ । उनले पाएसम्म काठमाण्डौंबाछ चुनाव लड्न चाहेको र्सार्वजनिक भएको छ । अभिनेत्री रेखा थापा एनेकपा माओवादीको तर्फाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् ।
रेखा कहा“बाट उठ्ने भन्ने टुंगो लागेको छैन । यस्तै निर्देशक दिनेश डिसी र गायिका तथा अभिनेत्री कोमल ओलीको पनि टिकट पाए चुनाव लड्ने चर्चाले कलिउड गर्माएको छ । यी कलाकार सा“च्चै चुनाव लडे भने कस्तो होला - कौतुहल बढ्दो छ ।
No comments:
Post a Comment