बेसीशहर, भदौ १८
आगामी माघमा हुने चौथो लमजुङ महोत्सवका लागि ५ सय ५५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । लमजुङ उद्योग बाणिज्य संघको हालै सम्पन्न कार्य समिति वैठकले संघका अध्यक्ष भेषबहादुर पौडेलको संयोजकत्वमा ५५५ सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।
वैठकमा अध्यक्ष पौडेलले लमजुङ महोत्सव २०७० को हाल सम्म भए गरेका गतिबिधिहरुको बैठकमा जानकारी गराउदै मूल समारोह समितिको प्रस्ताव गर्नुभएकोमा कार्यसमितिले अनुमोदन गरेको हो । वैठकले महोत्सव लाई भब्ययताका साथ सम्पन्न गर्नको लागि संघका वर्तमान पदाधिकारी एवं कार्य समितिका सदस्य, पर्ूव अध्यक्ष तथा सल्लाहकार, अघिल्ला महोत्सवका विभिन्न समितिका संयोजक, कार्यालय प्रमुख, पर्ूव मन्त्री, सभासद तथा सांसद, शिक्षण संस्थाका प्रमुख, राष्ट्रिय स्तरका उच्चओहोदामा रहेको पर्ूव तथा वाहालवाला ब्यक्तिहरु, राष्ट्रिय कलाकार, बैक जिल्ला स्थित राजनैतिक दलका पदाधिकारीहरु, तथा बिशिष्ठ ब्यक्तिहरु सम्मिलित मूल समारोह समिति गठन गरेको हो ।
वैठकले संघको सदस्यता पाउ“ भनि प्रक्रिया पुर्याई आवेदन गर्ने १ सय ८९ र्फम कम्पनि तथा ब्यक्तिहरुलाई सदस्यता प्रदान गर्ने निर्ण्र्ाागरेको छ । संघकोर् इकाई सुदृढीकरण अभियान अन्तरगत इकाई भवन निमार्ण्र्ााे लागि भोर्लेटार, खुदी र दर्ुइपिप्ले सोतीपसलर् इकाईलाई ५०/५० हजार रकम प्रदान गर्ने र कार्य थालनी भै सकेपछि पुनः ५०/ ५० हजार प्रदानगर्ने निर्ण्र्ाावैठकले गरेको संघका कार्यालय सचिव योगेश घिमिरेले बताउनुभयो ।
वैठकमा ट्राफिक ब्यवस्थापनबाट सृजिीत समस्यहरुका बारेमा ब्यवसायीहरुसंग छलफल गरी जिल्ला प्रशासन कार्यालयमा डेलीगेसन जाने निर्ण्र्ाापनि पनि गरेको छ ।
No comments:
Post a Comment