केशव प्रसाद अधिकारी
भोटेओडार भदौ १८
महिलाहरुको महान चाड हरितालिका तीज को पर्ूब सन्ध्यामा श्रीकृष्ण जन्माष्टमी को पावन अवसर पारेर भोटेओडारको वडा नं. ८ स्थित सिउ“डीबार आमा समुहले बुधवार खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गर्यो ।
महिला बिकास अधिकृत दीपा घिमीरेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा कूल २६ वटा समूहले सहभागिता जनाएका थिए । सहभागी प्रतियोगी समूहहरुले आफ्ना गीत मार्फ देशको समसायमीयक राजनैतिक अबस्था, संविधान निर्माण हुन नसकी अर्को संविधानसभाको निर्वाचनको तयारी भइरहेको सर्न्दर्भ, बर्तमान समयमा महिलाहरुले भोग्नु परेको विभिन्न समस्या, बाबु आमा बुढा बुढी भएपछी छोराबुहारीले गर्ने तिरस्कार लगायतका विषयहरुलाई आफ्ना गीतका विषयवस्तु बनाएका थिए । साथमा प्राकृतिक छटाले भरीपर्ूण्ा जिल्ला लमजुङको बर्ण्र्ाागरेर पनि गीत प्रस्तुत गरीएको थियो । तीजका गीतसंगै कम्मर मर्काइ मर्काइ नाचेका महिलाहरुले आफू सहित उपस्थित दर्शकलाई पनि भरपुर मनोरञ्जन दिएका थिए ।
प्रतियोगितामा उदीपुरको कर्मदा आमा समूहले प्रथम स्थान हात पार्न सफल भयो । त्यस्तै पुर्कोट आमा समूहले द्वितीय, सिर्जनात्मक साकोस भोटेओडारले तृतीय स्थान प्राप्त गर्न सफल भए । त्यस्तै नया“बजार आमा समूह र सृजना युवा क्लवले सान्त्वना स्थान हात पारे भने नृत्यतर्फप्रतियोगितामा प्रथम हुने समूह कर्मदा आमा समूहले नै बाजी मार्न सफल भयो ।
तीज गीत प्रतियोगिताको बीचबीचमा चर्चित र लोकप्रिय लोकदोहोरी गायक राजु परियारलले आफ्ना विभिन्न लयका गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । दर्शकहरुको अत्याधिक चापका कारण कतिपयले प्रतियोगिताको नाचगान हर्ेन नपाएको समेत गुनासो गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय तथा सान्त्वना स्थान पाउने समूहहरुलाई नगद पुरस्कार र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । प्रथम पुरस्कारको प्रायोजन प|mेन्डस् सप्लायर्सका प्रोपाइटर टकमाया गुरुङले गर्नुभएको आयोजक सिउ“डीबार आमा समुहले जनाएको छ । सामुदायिक सेवा केन्द्रको प्राङगणमा आयोजना गरीएको कार्यक्रम सीउ“डीबार आमा समुहकी अध्यक्ष मनु पन्तको अध्यक्षतामा भएको थियो । महिलाहरुको महान पर्व हरितालिका तीजको पर्ूवसन्ध्यामा आयोजना गरिएको प्रतियोगिताले तीज आउन केही दिनमात्र बा“की रहेको सन्देश दियो ।
यसैबीच भोटेओडारको वडा नं ८ कृष्ण बगैंचामा रहेको शिवे मन्दिरमा राधा कृष्णको समेत मर्ूर्ति स्थापना गरिएको छ । कृष्ण बगैचा आमा समुहको आयोजनामा मर्ूर्ति स्थापना गरिएको थियो । बाजा गाजा सहितको र्यालीले भोटेओडार बजार परिक्रमा गरेको थियो ।विधिपर्ूवक होमादि गरी रुद्री पुटीकका साथ कृष्ण मर्ूर्ति स्थापना गरिएको हो । कृष्ण जन्माष्टमीको अवसरमा सो मन्दिरमा कृष्ण भजन गाउने र कृष्ण झुला समेत देखाइएको थियो । सो अवसरमा ब्र्म्ह कुमारर्ीर् इश्वरीय विश्व विद्यालय ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्रले प्रवचनका साथमा चैतन्य झा“की निकालेको थियो ।

No comments:
Post a Comment