scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 11, 2013

तीज गीतमार्फ संविधान, सुशासन र महिलाहिंसाको चिन्ता

बेसीशहर भदौ २५
आगामी मंसिर ४ गतेको निर्वाचनलाई सफल बनाई संविधान निर्माण गर्न र देशलाई निकास दिन लमजुङका महिलाहरुले आग्रह गरेका छन् ।
हरितालिका तीजको अवसरमा जिल्लाका विभिन्न स्थानमा आयोजित तीज विशेष कार्यक्रममा महिलाहरुले यस्तो आग्रह गरेका हुन् । महिलाहरुले अहिले देशको समस्या भनेकै संविधान नबन्नु हो, संविधान बनेपछि देशले निकास पाउ“छ, संविधान बनाउनका लागि दलहरु मिलेर चुनावमा जानर्ुपर्छ । मिलेरै संविधान बनाएर अनि देश विकासका लागि अग्रसर हुनु भन्ने भाव तीजका गीतबाट प्रकट गरे । विगतमा दलहरुबीच सहमति नहुदा संविधानसभा विघटन भएको यथार्थ गीतबाट प्रस्तुत गर्दै महिलाहरुले अब मिलेर संविधान बनाउन आग्रह गरे ।
महिलाहरुका गीतमा सामाजिक न्याय, महिला अधिकारको विषयमा वकालत भएको पनि सुनियो । महिला हिंसाको विरोध, कानुनको शासन, दीगो विकासका कुरालाई महिलाहरुले गीतमार्फ अभिब्यक्त गरेको पाइयो । 
का“चका पर्दा र रेडियोहरुमा विभिन्न कलाकारको नाममा उत्ताउला तीजका गीत देख्न सुन्न पाइए पनि तीजको अवसरमा लमजुङको बेसीशहर, भोटेओडार, बाहुनडा“डा, खुदी लगायतका स्थानमा भने शिष्ट र सौम्य तरिकाले आफ्ना हक अधिकार, देशका समस्याका बारेमा महिलाहरुले खुलेर गीत गाएका देख्न र सुन्न पाइयो । आइतबार तीजको अवसरमा बेसीशहरमा लमजुङ मर्स्याङदी युथ क्लवद्वारा आयोजित तीजगीत प्रतियोगितामा ११ समूहले सहभागिता जनाए । भोटेओडारको फ्युचरस्टार आवासीय उच्च माविले प्रतियोगितामा प्रथम स्थान हासिल गर्‍यो । प्रतियोगितामा बेसीशहरको फूलबारी आमा समूहले द्वितीय, करपुरेश्वर महिला विकास समितिले तृतीय र भोटेओडारस्थित स्मृति बालक्लवले सान्त्वना स्थान प्राप्त गरे ।
ठाडोभाका शिरोमणि दर्ीघराज अधिकारी-भेडीखर्के साइ“ला)को प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा लोक साहित्य र विशेष गरी ठाडो भाकाको साधनामा अतुलनीय योगदान पुर्‍याएकामा भेडीखर्केलाई क्लवले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियारको प्रस्तुतिले दर्शकलाई खुबै मनोरञ्जन दिलायो । तीजको भोको ब्रत बसेकाहरु कम्मर मर्काएर छमछमी नाचे । शिला आले लगायतका कलाकारले पनि खुबै मनोरञ्जन दिलाए ।
तीजको अवसरमा भोटेओडारस्थित सामुदायिक सेवा केन्द्र र रेडियो भोटेओडारले पनि तीज गीत प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितामा मर्स्याङदी दिदीबहिनी समूह तार्कुघाट प्रथम, भक्तिनमूना उमावि द्वितीय, स्मृति बालक्लव तृतीय र लालीगुरा“स महिला समूह तार्कुघाट तथा टुहुरे पसल आमासमूह तनहू“ले सान्त्वना स्थान प्राप्त गरे । 

No comments:

Post a Comment