बेसीशहर भदौ २५
जलविद्युतको अपार सम्भावना रहेको लमजुङ जिल्लाका विभिन्न जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापना भएको लमजुङ मोडेल हाइड्रो डेभलपमेण्ट प्रालिले अपर दोर्दी ए आयोजनामा एक अर्ब २० करोड रुपैया“ लगानी गर्ने भएको छ ।
सो आयोजनाको पर््रबर्द्धक लिबर्टर्ीीाइड्रोपावर कम्पनीसंग मिलेर मोडेल हाइड्रो डेभलपमेण्ट प्रालिले ३० प्रतिशत शेयर आयोजनामा लगानी गर्न लागेको हो । २५ मेगावाट क्षमताको सो आयोजना ४ अर्ब रुपैया“को लगानीमा निर्माण हुन लागेको हो । यसका लागि मोडेल हाइड्रोले यही आउदो असोज महिनाभित्रमा ४० करोड रुपैया सेयर संकलन गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीको सेयर सदस्य समेत थप गर्ने पक्षमा कम्पनी पुगेको छ । कम्पनीमा हाल ३५ जनाको सेयर रहेकोमा बढाएर ५० जना पुर्याउने लक्ष्य राखिएको बताइएको छ । कम्पनीले सेयर लगानी गर्न लमजुङबासीलाई आग्रह समेत गरेको छ ।
कम्पनीको हालै बेसीशहरमा सम्पन्न साधारणसभाले यस्तो आग्रह गरेको हो । केही दिनअघि भएको कम्पनीको प्रथम साधारण सभाले पुनः भेष बहादुर पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका सदस्यहरुमा प्रमोदकुमार श्रेष्ठ, राजेन्द्र वस्ती, राजेश थापा, पर्ूण्ालाल श्रेष्ठ, ताराराज घले, श्रीकान्त घिमिरे, राजकुमार श्रेष्ठ, कृष्णलाल प्रधान, पर्ूण्ाबहादुर थापा र प्रेमकुमारी घले रहनुभएको छ । लमजुङ मोडेलमा लमजुडका प्रतिष्ठित उद्येमी व्यवसायी तथा समाजसेवीहरु संलग्न रहेको बताइन्छ ।
रन अफ दि रिभर प्रणालीमा निर्माण हुने अपर दोर्दीर् आयोजना लमजुङको ढोडेनी र फलेनी गाविसमा निर्माण हुनेछ । यसको विस्तृत अध्ययनको काम सम्पन्न भई नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता पिपिए समेत भैसकेको छ । सुख्खायाममा प्रति युनिट ८.४ र बषर्ायाममा ४.८ रुपैया“ प्रतिमिनेटमा सम्झौता भएको हो । यही ३ बर्षा निर्माण पुरा गर्ने लक्ष्य रहेको आयोजनाबाट बाषिर्क ७४ करोड रुपैया आम्दानी हुने आयोजनाका संयोजक राजेन्द्र वस्तीले बताउनुभयो । आयोजनाले निर्माण कार्य अगामी असोजबाट शुरु गर्ने जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाईनमा जोठ्नका लागि १२ किलोमिटरको ट्रान्समिसन लाइन निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
No comments:
Post a Comment